+
+

तपाईंको मोबाइल चोरी भयो, तत्काल के गर्ने ?

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ६ गते १५:४९

तपाईं कुनै व्यस्त सपिङ मलमा हुन्छ । त्यहाँ सांगीतिक कार्यक्रम भइरहेको छ, तपाईं त्यसमा रमाइरहनु भएको छ ।

त्यहीबेला तपाईंको हात पाइन्टको खल्तीमा जाँदा तपाईंको होस उड्छ, किनकि मोबाइल गायब छ । तपाईंको आँखा छलेर मोबाइल चोरी भएको पत्तै हुँदैन । मोबाइल त हरायो नै, त्योसँगै तपाईंका निजी डकुमेन्ट पनि जोखिमा पर्छन् ।

यस्तो बेला के गर्ने त ? मोबाइल हराउनासाथ यी उपाय अपनाउँदा धेरै क्षति हुनबाट बच्न सकिन्छ ।

आफ्नो मोबाइल डिभाइसलाई तुरुन्त ब्लक गर्नुहोस्

डिजिटल सुरक्षा विशेषज्ञ एमिलियो सिमोनीका अनुसार यदि मोबाइल फोन चोरी भयो भने पहिलो काम डिभाइसलाई तुरुन्त ब्लक गर्नुपर्दछ । फोन नेटवर्क अपरेटरसँग सम्पर्क गरेर चिपलाई ‘क्यान्सिल’ गराउन भन्नुपर्दछ ।

किनकि त्यो फोन कसैलाई पनि काम नआओस् । अपरेटरलाई मोबाइल कम्पनीको वेबसाइटमा गएर सम्पर्क गर्न सकिन्छ । इन्टरनेशनल मोबाइल इक्विपमेन्ट आईडेन्टिटी (आईएमईआई) बाट यस्तो बनाउन सम्भव हुन्छ ।

यसबाट मोबाइलको अन्तर्राष्ट्रिय दर्ता भएको हुन्छ । जसबाट मोबाइललाई तुरुन्तै बन्द गराउन सकिन्छ । त्यसैले यो कोड सुरक्षित ठाउँमा लेखेर राख्नुहोला । डिभाइस बक्स वा मोबाइल फोनमा यो नम्बर हुन्छ ।

एपको पासवर्ड बदल्नुहोस्

सिमोनीका अनुसार मोबाइल चोरी हुनासाथ त्यसमा रहेका एपहरुको पासवर्ड परिवर्तन गर्नुपर्छ । यसो नगर्दा तपाईंको मोबाइल चोरी गर्नेले व्यक्तिगत जानकारी थाहा पाउन सक्छ । त्यसैले जतिसक्दो चाँडो मोबाइल बैकिङ, इमेल र सामाजिक सञ्जालहरुको पासवर्ड परिवर्तन गरिहाल्नुहोस् ।

बैंक वा वित्तीय संस्थालाई जानकारी गराउनुहोस्

यदि तपाईंको मोबाल चोरी भएको छ भने तुरुन्त आफ्नो खाता रहेको बैंक वा वित्तीय संस्थामा सम्पर्क गरिहाल्नुहोस् । जसकारण तपाईंको फोनमा रहेको एप ब्लक गर्न सकियोस् ।

यसो नगर्दा चोरी गर्नेले तपाईंको खाताको पैसा अर्को खातामा ट्रान्सफर गर्न सक्छ । त्यसैले बैंकलाई सम्पर्क गरेर ब्लक गराइहाल्नुहोस् । बैंकको सम्पर्क नम्बर वेबसाइटमा उपलब्ध गराइएको हुन्छ ।

परिवार र साथीलाई बताउनुहोस्

आफ्नो मोबाइल फोन चोरी भएको विषयमा परिवारका सदस्य वा साथीहरुलाई बताउनुहोस् । फोन चोरी गर्नेले म्यासेजिङ एप वा सामाजिक सञ्जालबाट तपाईंको आफन्त वा साथीलाई सम्पर्क गरेर ठगी गर्न सक्छ । उनीहरुसँग पैसा वा बैंक विवरण माग्न सक्छ ।

प्रहरीमा निवेदन दर्ता गराउनुहोस्

तपाईंको मोबाइल चोरी भएकोबारे प्रहरीलाई जानकारी गराउनुहोस् । यसले तपाईंको फोन चोरी भएको प्रमाण रहन्छ । बैंक, बीमा कम्पनी लगायतका ठाउँमा यो प्रमाण आवश्यक पर्न सक्छ । मोबाइलसँगै तपाईंका व्यक्तिगत डाटा पनि असुरक्षित हुने भएकाले प्रहरीमा निवेदन दर्ता गराएर सुरक्षित बनाउनेतर्फ लाग्नुपर्छ । त्यसपछि तपाईंको हराएको मोबाइल खोजी गर्न प्रहरीले सहयोग गर्दछ ।

बीबीसी हिन्दीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?