+
+

स्कुटर चोरी गरेको आरोपमा पाँच जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ९ गते २०:०७

९ वैशाख, काठमाडौं । प्रहरीले स्कुटर चोरी गरेको आरोप पाँच जनालाई पक्राउ गरेको छ ।

काठमाडौंको विभिन्‍न स्थानबाट स्कुटर चोरी गरेको उजुरीपछि प्रहरी वृत स्वयम्भूबाट खटिएको टोली उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धुलिखेल नगरपालिका-११ का १८वर्षीय अरुण नेपाली, नीलकण्ड नगरपालिका-१० धादिङ घर भई काठमाडौंको क्षेत्रपाटी बस्‍ने १८ वर्षीय प्रदीप नेपाली, काठमाडौं महानगरपालिका-१८ नरदेवी बस्‍ने १४ वर्षीय रामसुन्दर मानन्धर, नमोबुद्ध नगरपालिका-६ रोशिखोला घर भई हाल काठमाडौं महामनगरपालिका-१८ नरदेवी बस्‍ने १८ वर्षीय विवेश लामा र दाङ सिसामिया घर भई हाल काठमाडौंको डल्लु बस्‍ने १८ वर्षीय सूर्य परियार रहेका छन् ।

प्रहरीले अनुसन्धानका क्रममा अरूण नेपालीलाई पक्राउ परेपछि उनको गिरोहका थप व्‍यक्तिहरु पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेश मैलालीले जानकारी दिए ।

पक्राउ परेका उनीहरुमाथि चोरी सम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?