+
+

धनकुटामा नक्कली नोट भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १७ गते १४:०८

१७ वैशाख, धनकुटा । धनकुटामा एक हजारको नक्कली नोट फेला परेको छ । धनकुटास्थित एक पसलबाट एक हजारको एउटा नक्कली नोट फेला परेको हो ।

धनकुटा नगरपालिका वडा नं. ७ स्थित परिचय मोडमा रहेको युवक तिम्सिनाले सञ्चालन गरेको ग्लो एण्ड गो कस्मेटिक पसलमा एक हजार दरको १ थान नक्कली नोट फेला परेको प्रहरीले जनाएको छ ।

तिम्सिनाले नक्कली नोट फेला परेको भनी प्रहरी कार्यालयमा खबर गरेपछि प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालको कमाण्डमा प्रहरी टोली खटी गई बुझ्दा ६५/८००९८७ नम्बरको नक्कली नोट फेला परेको दाहालले बताए । सो नक्कली नोट बरामद गरी सो सम्बन्धमा थप अनुसान्धान भइरहेको प्रहरी जनाएको छ ।

धनकुटा प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले धनकुटामा कहाँबाट नक्कली नोट आयो भन्ने बारेमा अनुसन्धान गरिने बताए । उनले भने, ‘नक्कली नोट कहाँबाट आयो यो विषयमा सुक्ष्मरुपमा अध्ययन र छानबिन हुनेछ ।’

धनकुटामा यसअघि पनि नक्कली रुपैयाँ भेटिएको थियो । निर्वाचनको बेला धनकुटामा नक्कली नोट भेटिएसँगै यहाँका बजारमा समेत यस्ता खाले नोट हुनसक्ने भन्दै स्थानीयबासिन्दा चिन्तित बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?