+
+

गठबन्धनका उम्मेदवारको प्रचारमा लाग्न नेविसंघको परिपत्र

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २२ गते ११:२२

२२ वैशाख, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस पार्टीका उम्मेदवार र तालमेल गरिएका उम्मेदवारलाई विजयी गराउन परिचालन हुन निर्देशन दिएको छ ।

वडाका प्रत्येक बुथमा जतिसक्दो उल्लेख्य संख्यामा युवा विद्यार्थीहरुलाई स्वयंसेवकका रुपमा निर्वाचनमा परिचालन हुन नेविसंघले परिपत्र गरेको हो ।

मतदातालाई परेको असुविधा र अस्पष्टताको निराकरणका लागि आवश्यक सहयोग पुर्‍याउन संघका अध्यक्ष दुजाङ शेर्पाले निर्देशन गरेका छन् । साथै, विपक्षी प्रतिस्पर्धी राजनीतिक दलका विद्यार्थी संगठनको चुनावी रणनीतिको ख्याल गर्न पनि सुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?