+
+

भारतबाट ल्याउँदै गरिएको ब्राउन सुगरसहित दुई पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २२ गते १७:३३

२२ वैशाख, नेपालगञ्ज । नेपाल भारत सीमा क्षेत्र जमुनाहाबाट दुई जनालाई लागुऔषध ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार दिउँसो भारतमा आउँदै गरेका एक महिला र एक पुरुषलाई छ ग्राम ब्राउन सुगरसहित सीमा क्षेत्र जुमनाहाबाट प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका ३ का २३ वर्षीय कृष्णप्रसाद रेग्मी र दैलेखको नारायण नगरपालिका ९ बस्ने २४ वर्षीय दिपिका पुन मगरलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय जमुनाहाका प्रमुख मिनबहादुर बिष्टले जानकारी दिए ।

भारतबाट भे १२ प १४९७ नम्बरको मोटरसाईकलमा आउँदै गर्दा शंका लागेर जाँच गर्दा रेग्मीले गोजीमा राखेको अवस्थामा ब्राउनसुगर फेला परेको थियो ।

इलाका प्रहरी कार्यालय जुमनाहाबाट खटिएको टोली र लागु औषध नियन्त्रण व्यूरोको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?