+

अमेरिकी वैज्ञानिकको खोज : डीएनए परिवर्तन गरेर हृदयघात रोक्न सकिने !

२०७९ वैशाख  २९ गते १२:२७ २०७९ वैशाख २९ गते १२:२७
अमेरिकी वैज्ञानिकको खोज : डीएनए परिवर्तन गरेर हृदयघात रोक्न सकिने !

हृदयघात अहिले मृत्युको प्रमुख कारण बन्दै गइरहेको छ । हृदयघातको निराकरणका लागि अनेक प्रयास भइरहँदा पनि यसबाट बर्सेनि हजारौंको ज्यान गइरहेको छ ।

बजारमा पाइने खोप र औषधिले कोलेस्ट्रोलको मात्रा घटाउने भए पनि हृदयघात हुनबाट भने बचाउन सकिएको छैन । सर्वसाधारणलाई हृदयघातबाट बचाउन अमेरिकाको बायोटिक कम्पनी वर्व थेराप्युटिक्सले नयाँ प्रविधिको विकास गरेको छ ।

वर्व थेराप्युटिक्सका सीईओ डा. शेकर कथिरेसनले ब्लुमबर्गसँग गरेको कुराकानीमा मान्छेको ‘डीएनए’मा बद्लाव ल्याएर शरीरमा खराब कोलेस्ट्रोल जम्नबाट रोक्न सकिने बताएका छन् । यसैलाई उनले हृदयघातको स्थायी समाधान मानेका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)का अनुसार सन् २०१९ मा मुटुसम्बन्धी रोगका कारण  विश्वभर १ करोड ८ लाख जनाको मृत्यु भएको थियो । जसमा ८५ प्रतिशत मृत्युको कारण हृदयघात र स्ट्रोक रहेको थियो ।

वर्व थेराप्युटिक्सका अनुसार डीएनएमा परिवर्तन गर्ने प्रयास सुरुमा कोलेस्ट्रोलका कारण हृदयघात भइसकेकामा गरिने छ । यो एक आनुवांशिक रोग हो, जसको नाम हाइपरकोलेस्ट्रामिलिया हो । यसबाट विश्वमा वार्षिक ३ करोड १ लाख सर्वसाधारण प्रभावित भइरहेका छन् ।

यो विधि खराब कोलेस्ट्रोल रोक्न सफल भए अनुसन्धान तथा प्रयोगमा युवालाई सहभागी गराइने छ । ताकि उनीहरुलाई हृदयघात हुनुभन्दा पहिला नै बचाउन सकियोस् । तर यो काम कहिलेबाट हुन्छ यसबारे कम्पनी केही बोलेको छैन ।

डा. कथिरेसन हार्वड विश्वविद्यालयका प्रख्यात जेनेटिसिस्ट र कार्डियोलोजिस्ट हुन् । उनले शरीरमा कोलेस्ट्रोलको मात्रा कम गर्ने जेनेटिक म्युटेसनको खोजी गरेका छन् । यसबाट हृदयघात हुने सम्भावना न्यून हुन्छ । उनी अहिले कोलेस्ट्रोल बढाउने तत्वका बारेमा खोजी गरिरहेका छन् ।

अहिले वर्व थेराप्युटिक्स मान्छेको डीएनएका दुई जीनलाई लक्षित गरेर काम गरिरहेको छ । जसको नाम पीसीएसके-९ र एएनजीपीटीएल-३ रहेको छ । केही हृदयघातका बिरामीलाई एक मात्रै औषधिले काम गर्न सक्ने छ भने केहीलाई दुवैको आवश्यकता पर्न सक्नेछ । कम्पनी क्रिस्पर डीएनए एडिटिङ टुलको प्रयोग गरिरहेको छ । यसबाट वैज्ञानिकले मान्छेको जीन सिक्वेन्सलाई बदल्न सक्नेछन् ।

वर्व थेराप्युटिक्सले यो उपचारको प्रयोग बाँदरमा प्रयोग गरिसकेको छ । बाँदरमा डीएनए परिवर्तन गरेको दुई सातामा कोलेस्ट्रोलको स्तर ५९ प्रतिशतसम्म कम भएको भएको र ६ महिनासम्म यो कायम रहेको थियो । कम्पनीले केही महिनाभित्र मान्छेमा पनि यो ट्रायल सुरु गर्ने जनाएको छ । यद्यपि यसको प्रयोगमा वर्षौं लाग्न सक्छ ।

स्वास्थ्य विज्ञ एलिजाबेथ म्याकनेलीले वर्व थेराप्युटिक्सले प्रयोग गर्न थालेको विधि एकदमै नयाँ भएकाले चिकित्सक तथा बिरामी यसको प्रयोग गर्न हिच्किचाउने बताएकी छन् । साथै, उनले यसको प्रयोग गर्दा डीएनएमा कुनै गडबडी हुन्छ कि भन्ने चिन्ता र भय हुन्ने जानकारी दिएकी छन् ।

माइकल सरम्यान कम्पनीले औषधि बजारमा ल्याए पनि अहिले उपलब्ध औषधिको तुलनामा यो निकै महंगो हुने बताउँछन् । डीएनए बदल्ने यो उपचारको ५० हजार २ लाख डलरसम्म रहने विश्लेषण गरिएको छ ।

दैनिक भास्करबाट

डीएनए वैज्ञानिक हृदयघात
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

डा.अरुण शाहीले पाए ‘एक्सेलेन्स इन ग्लोबल क्यान्सर सर्भिस’ अवार्ड

डा.अरुण शाहीले पाए ‘एक्सेलेन्स इन ग्लोबल क्यान्सर सर्भिस’ अवार्ड

वर्तमान संकटले उब्जाएको मनोसामाजिक असरलाई कसरी कम गर्ने ?

वर्तमान संकटले उब्जाएको मनोसामाजिक असरलाई कसरी कम गर्ने ?

मधुमेहका कारण पिसाबमा रगत आउँछ ?

मधुमेहका कारण पिसाबमा रगत आउँछ ?

देश बिरामी भएका बेला स्वास्थ्य मन्त्री को ? चर्चित होइन राम्रो रोजौं

देश बिरामी भएका बेला स्वास्थ्य मन्त्री को ? चर्चित होइन राम्रो रोजौं

पोस्टमार्टमबाट आन्दोलनमा मृत्यु भएकाको कसरी पहिचान हुन्छ ?

पोस्टमार्टमबाट आन्दोलनमा मृत्यु भएकाको कसरी पहिचान हुन्छ ?

हाम्रा केही बानी, जसलाई सुधार्न सके स्वास्थ्य राम्रो बनाउन सकिन्छ

हाम्रा केही बानी, जसलाई सुधार्न सके स्वास्थ्य राम्रो बनाउन सकिन्छ