
३० वैशाख, काठमाडौं ।मतदाताहरूले मतदान गरे पनि जनप्रतिनिधहरूसँग कुनै आशा नभएको बताएका छन् ।
मत हालेर जिताएर पठाए पनि उनीहरूले आफ्नो लागि केही नगरेकोले यसपटक कुनै आशा नरेहको ७३ वर्षीय मतदाता जीतबहादुर परियारले बताए ।
पोखरा महानगरपालिका-१६ बाट मतदान गरेका परियारले मत हाल्ने अधिकार भएकोले त्यसकैका लागि मात्रै भोट हाल्न आएको बताए । ‘भोट जहिल्यै दिन्छौं, विकासको नाममा बाटोघाटो बनाए तर अपाङ्गता को लागि कसैले केही गरेनन् ।अहिले पनि हाम्रा लागि गर्छन् भन्ने कत्ति पनि लागेको छैन’ उनले अघि भने, ‘तर, मत हाल्ने एउटा अधिकार भएकाले त्यसका लागि मात्रै आएको हुँ । यिनीहरुबाट आश छैन ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4