+

कोही व्यक्ति सार्वजनिक स्थानमा किन पोर्न भिडियो हेर्न थाल्छन् ?

२०७९ वैशाख  ३० गते ८:२४ २०७९ वैशाख ३० गते ८:२४
कोही व्यक्ति सार्वजनिक स्थानमा किन पोर्न भिडियो हेर्न थाल्छन् ?

ब्राउनवेन रीड ब्रिटेनको कुनै एक पुस्तकालयमा बसिरहेका थिए । उनी त्यहाँ केही पढ्न चाहन्थे । तर, उनले असहज बनाउने दृश्यको सामना गर्नुपर्‍यो । एक व्यक्ति पुस्तकालयको कम्प्युटरमा पोर्न भिडियो हेरिरहेका थिए ।

रेडियो वन न्यूजबीटसँग कुरा गर्दै उनले भनेका छन्, ‘मलाई त एकदमै अचम्म लाग्यो । अब के गर्ने होला ? म कुनै उपाय सोच्न सकिरहेको थिइन ।’

म्यानचेस्टरमा बस्ने २१ बर्षीय रीडले सोचे कि आक्कलझुक्कल भएको घटना हो यो । यद्यपि केही हप्तापछि उनी जब सोही पुस्तकालयमा पुगे, दुरुस्तै दृश्य देख्नु¥यो । त्यहाँ उही व्यक्ति कम्प्युटरमा उसैगरी पोर्न भिडियो हेरिरहेका थिए ।

ब्राउनवेन रीड मात्र होइन । अन्य व्यक्तिले पनि सार्वजनिक बस, रेल, पुस्तकालय, बगैचा जस्तो सार्वजनिक स्थानमा पोर्न भिडियो हेरिरहेको घटनाबारे कुराकानी गरेका छन् ।

हालै मात्र कन्जरभेटिभ पार्टीका एक सांसदले संसदमा आफ्नो फोनबाट पोर्न भिडियो हेरेको पाइएपछि उनलाई पदत्याग गर्न लगाइएको थियो ।

उनले भनेका छन्, ‘यो घटना भूलवश भएको हो । अर्कै वेबसाइट खोज्ने क्रममा गल्तीवश पोर्न भिडियो खुलेको थियो । खासमा मेरो नियत पोर्न भिडियो हेर्ने थिएन ।’

ब्रिटेनमा मिडियामाथि निगरानी गर्ने संस्था ‘अफकम’का अनुसार ब्रिटेनमा करिब आधा बालिग जनसंख्या पोर्न भिडियो हेर्ने गर्छन् ।

त्यसो भए मान्छेहरु निजी स्थानमा बसेर पोर्न भिडियो हेर्नुको साटो किन सार्वजनिक स्थानमै हेर्ने गर्छन् ? यसै सम्बन्धमा बिबिसीले लारेल सेन्टर अन्र्तगत पोर्नग्राफी र यौनको लत सम्बन्धी काम गर्ने मनोचिकित्सक डा. पाला हालसँग कुराकानी गरेको छ ।

डा. पाला हालका अनुसार यसको एक संभावित कारण के हुनसक्छ भने मान्छेहरुमा पोर्न भिडियोको कुलत लाग्नु ।

न्यूजबीटसँग कुराकानी गर्दै उनले भनेका छन्, ‘हामीलाई थाहा छ कि मान्छेमा जब कुनै कुराप्रति आशक्ति बढ्छ, लत लाग्छ । तब उनीहरुले आफुलाई नियन्त्रणमा राख्न सक्दैनन् ।’ चाहे मदिराको लत होस् वा जुवाको वा त गेमिङको ।

उनी यसबारे व्याख्या गर्दै भन्छन्, ‘पोर्नग्राफीको इच्छा र आवश्यक्ता जब तिब्र हुन्छ तब मान्छेले अधैर्यसाथ यसलाई म घरमा गएर हेर्छु भन्ने सोच्छन् ।’

जब कुनै व्यक्तिमा कुनै कुराको लत लाग्छ, तब दिमागमा सोच्ने शक्ति क्षीण भएर जान्छ ।

कैलम सिंगलटन नामक व्यक्तिले बस यात्राका क्रममा एक यात्रुले पोर्न साइट भिजिट गरिरहेको देखे । १९ बर्षीय कैलमलाई यस्तो दृश्यले असहज मात्र बनाएन, किन मान्छेहरु सार्वजनिक स्थानमै पोर्न भिडियो हेर्छन् भनेर कौतुहलता पनि जाग्यो । कैलम भन्छन्, ‘मलाई लाग्छ यो एक ठूलो मुद्दा हो । यो उनको दैनिक जीवनकै एक हिस्सा होला तर यस्तो हुनु उचित होइन ।’

सार्वजनिक स्थानमा मान्छेहरुले यसकारण पोर्न भिडियो हेर्ने गर्छन् कि उनीहरुले आफुलाई सम्हाल्नै नसक्ने स्थितीमा हुन्छन् र उनीहरु सावधानी अपनाउनेबारे पनि सोच्न सकिरहेका हुँदैनन् । कतिपय मान्छे इबे वा फेसबुक जस्तो वेबसाइट स्क्रोल गरिरहेका हुन्छन् । यसै क्रममा पोर्न साइट फेला पर्छन् र उनीहरु त्यही हेर्न थाल्छन् ।

मनोचिकित्सक डा. पाला भन्छन्, ‘मूलधारको संस्कृतिमा पोर्नोग्राफी सामान्यकरण भएको र यसबाट पनि मान्छेहरु प्रभावित भएका छन् । केही बर्षअघिको तुलनामा अहिले पोर्नोग्राफी व्यापक छ । पोर्न के हो र होइन भन्ने भेद पनि मेटिदै गएको अवस्था छ ।’

कतिपय पुरुषहरुमा चाहि कस्तो मनोविज्ञान पनि विकास भएको हुनसक्छ भने सार्वजनिक स्थानमा पोर्न भिडियो हेर्नु आफ्नो बहादुरी देखाउनु हो । ‘यसको पछाडि केही पुरुषवादी मानसिकता पनि छ । उनीहरुलाई लाग्छ कि पोर्न भिडियो हेर्नु आफ्नो व्यक्तिगत अधिकारको कुरा हो । आफुले पोर्न भिडियो हेरिरहेको देखेर यदि कसैलाई असहज हुन्छ भने त्यो मेरो समस्या होइन भन्ने बुझाई छ’ मनोचिकित्सक डा. पाला भन्छन् ।

एक लत

डा. पालाका अनुसार यदि कुनै व्यक्तिले सानै उमेरदेखि पोर्न भिडियो हेर्न थालेका छन् भने त्यसैको असर पनि हुनसक्छ यो । सानै उमेरमा हामीमा जुन लत लाग्छ, त्यसको असर दीर्घकालसम्म पर्छ । कुनै कुरामा जब बानी पर्छ, कालन्तरमा त्यो लत बन्छ । अतः यस्तो लतबाट मुक्त हुन निकै कठिन पर्छ ।

यद्यपि कसैको लतले अरुलाई असर गर्छ भने त्यो चिन्ताको विषय हो । सार्वजनिक स्थानमा पोर्न भिडियो हेरिरहँदा आसपासका मान्छेहरुलाई त्यसले प्रत्यक्ष असर गर्छ । किनभने सार्वजनिक स्थानमा हामीले जहिले पनि सुरक्षित र सहज महसुष गर्न पाउनुपर्छ ।

‘मान्छेमा व्यक्तिगत जागरणको कमीले पनि यस्ता विकार फैलिएको हो’ मनोचिकित्सक डा. पाला भन्छन्, ‘आफुले यस्तो व्यवहार गरिरहँदा अरुमा कस्तो असर पर्छ भन्ने उनीहरुले सोच्नै सकेका हुँदैनन् ।’ कतिपय मान्छेका लागि यो एकदमै घृणास्पद कुरा हो भन्ने कुरामा उनीहरु सचेत हुँदैनन् ।

कुन देशमा बढी हेरिन्छ ?

त्यसो त पोर्नोग्राफीको असर सर्वत्र छ । विश्वभर यसले जालो बिछ्याइसकेका छन् । विश्वका सबैभन्दा चर्चित पोर्न वेबसाइट पोर्न हबका अनुसार अमेरिकामा सर्वाधिक मात्रामा पोर्नग्राफी हेर्ने गरिन्छ । त्यसपछि बेलायतमा यस्तो संख्या बढी छ । तेस्रो नम्बरमा भने भारत छ । हुन त भारत सरकारले केही पोर्न साइटमा प्रतिवन्ध लगाएको छ । त्यसैगरी भारतमा सार्वजनिक स्थानमा पोर्न भिडियो हेर्नुलाई अपराध मानिन्छ ।

बिबिसीबाट

 

पोर्नोग्राफी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

गर्भावस्था : आठ भ्रम र सत्य

गर्भावस्था : आठ भ्रम र सत्य

लामो समय स्क्रिन हेर्दा बच्चाको आँखामा निम्तिन सक्ने ३ समस्या

लामो समय स्क्रिन हेर्दा बच्चाको आँखामा निम्तिन सक्ने ३ समस्या

आँखाको कस्तो समस्यामा शल्यक्रिया गर्न सकिन्छ, कति लाग्छ खर्च ?

आँखाको कस्तो समस्यामा शल्यक्रिया गर्न सकिन्छ, कति लाग्छ खर्च ?

सर्पले टोकेमा के गर्ने, के हो एन्टिभेनम ?

सर्पले टोकेमा के गर्ने, के हो एन्टिभेनम ?

बच्चाले झुटो बोल्नुका ४ कारण

बच्चाले झुटो बोल्नुका ४ कारण

गर्मीयाम किन धेरै लाग्छ झाडापखाला ?

गर्मीयाम किन धेरै लाग्छ झाडापखाला ?