+
+

स्याङ्जामा मतदाता बोकेको जिप दुर्घटना, १३ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३० गते १२:०९

३० वैशाख, काठमाडौं । स्याङ्जामा जिप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ, १२ जना घाइते भएका छन् । वालिङ नगरपालिका-४ पञ्चमूल अर्खलबासस्थित भित्री सडक खण्डमा सिख्रेबाट तिवारी पसलतर्फ जाँदै गरेको ग २ च ३०२६ नम्बरको जिप सडकबाट ५०० मिटर तल खसेको हो ।

घरबाट मतदान गर्न मतदान केन्द्रतर्फ जाँदै गरेकाहरु दुर्घटनामा परेका प्रहरीले जनाएको छ ।

दुर्घटनामा मृत्यु भएका ११ जनाको सनाखत नभइसकेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।

तस्वीर : सामाजिक सञ्जालबाट

घाइते ११ जनालाई उपचारका लागि पोराको गण्डकी मेडिकल कलेज पठाइएको छ । एक जनाको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?