+
+

रुपन्देहीमा मध्यान्हसम्म ३० प्रतिशत मतदान

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३० गते १३:०२

३० वैशाख, बुटवल । रुपन्देहीमा साढे १२ बजेसम्म ३० प्रतिशत मतदान भएको छ । रुपन्देहीका मुख्य निर्वाचन अधिकृत धनसिंह महराका अनुसार जिल्लामा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।

रुपन्देहीमा ७०० वटा मतदान केन्द्र र २०८ मतदान स्थल छन् भने ६ लाख ३२ हजार ३६० मतदाता छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार रुपन्देहीमा ३८ राजनीतिक दल चुनावी प्रतिस्पर्धामा छन् ।

रुपन्देहीमा मतदाताको संख्या ६ लाख ३२ हजार ३६० रहेको छ । जसमध्ये ३ लाख २३ हजार ७७८ जना पुरुष र ३ लाख ८ हजार ५७४ जना महिला छन् ।

रुपन्देहीमा एक उपमहानगरपालिका, ५ नगरपालिका र १० गाउँपालिका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?