+
+

गुल्मीदरवार गाउँपालिका अध्यक्ष कांग्रेसका थापा निर्वाचित

उपाध्यक्षमा पनि कांग्रेसकै उम्मेदवार विजयी

अनिल खत्री अनिल खत्री
२०७९ जेठ १ गते ५:५६

१ जेठ, गुल्मी । गुल्मीदरवार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा सरोज थापा र उपाध्यक्षमा तारा थापा निर्वाचित भएका हुन् ।

अध्यक्षमा निर्वाचित थापाले नेकपा एमालेका उम्मेदवार कृष्ण भुसाललाई ५६४ मत अन्तरले हराएका छन् । थापाले ६ हजार १६६ र भुसालले ५ हजार ६०२ मत पाएको निर्वाचन अधिकृतको कार्यालय गुल्मीले जनाएको छ ।

यसैगरी उपाध्यक्ष पदमा नेपाली कांग्रेसकी तारा थापाले एमाले उम्मेदवार सुशिला पुनलाई ५९९ मत अन्तरले हराइन् । ताराले ६ हजार १८८ मत पाउँदा सुशिलाले ५ हजार ५८९ मत पाइन् ।

गुल्मी दरबार गाउँपालिकामा रहेका ७ वटा वडामध्ये ४ वटा वडामा नेपाली कांग्रेस र ३ वटा वडामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेसबाट वडानम्बर १ मा राजेन्द्र कंडेल, ३ मा रामबहादुर थापा, ६ मा मुकेश थापा र ७ मा शालिकराम टण्डन निर्वाचित भएका छन् ।

नेकपा एमालेबाट वडानम्बर २ मा विष्णु गौतम, ४ मा देविराम पोखरेल र ५ मा गुणनिधी पौडेल निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

गुल्मी दरबार गाउँपालिकामा २०७४ को स्थानीय तह निर्वाचनमा पनि नेपाली कांग्रेस नै विजयी भएको थियो ।

यसपटकको निर्वाचनमा गुल्मीको रेसुंगा नगरपालिका पनि नेपाली कांग्रेसले जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?