+
+

प्युठानको ऐरावतीमा कांग्रेसका शाह निर्वाचित

उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाका श्रेष्ठ विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २ गते ६:३१

२ जेठ, प्युठान । प्युठानको ऐरावती गाउँपालिकामा नेपाली कांग्रेसका नवील विक्रम शाह निर्वाचित भएका छन् । उनले नेकपा माओवादी केन्द्रका बुद्धबहादुर बस्नेतलाई २ हजार १९ मत अन्तरले पराजित गरे ।

कांग्रेसका शाहले ४ हजार ६६९ मत पाउँदा माओवादीका बस्नेतले २६५० मत पाए । नेकपा एमालेका श्याम बहादुर थापाले १ हजार ५८६ मत पाएका छन् ।

उपाध्यक्षमा भने राष्ट्रिय जनमोर्चाका कृष्णप्रसाद श्रेष्ठ ४ हजार ६४७ मतसहित निर्वाचित भए । स्वतन्त्र उम्मेदवार टिका बहादुर गुरुङले १ हजार ७२१ मत पाउँदा नेकपा एमालेका उम्मेदवार कमला कुमारी ज्ञवालीले १ हजार ५४७ मत पाइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?