+
+

पाँचथरको तुम्वेवा गाउँपालिका अध्‍यक्षमा कांग्रेस र उपाध्‍यक्षमा निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३ गते १५:०२

३ जेठ, पाँचथर । पाँचथरको तुम्वेवा गाउँपालिका अध्‍यक्षमा नेपाली कांग्रेस र उपाध्‍यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।

गाउँपालिकाको अध्‍यक्षमा कांग्रेसका बाबुराम खड्काले २ हजार ७१८ मत ल्याउँदा उनका प्रतिस्पर्धी गोविन्दबहादुर तामाङले २ हजार ३११ मत मात्रै पाए ।

यस्तै गाउँपालिको उपाध्यक्षमा नेकपा एमालेकी नन्दकुमारी विश्वकर्मालाई हराउँदै नेकपा माओवादी केन्द्रका खड्क सुन्दर सम्वाहाम्फे निर्वाचित भएका छन् ।

सम्वाहाम्फेले २ हजार ७०८ मत ल्याउँदा उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेकी विश्वकर्माले २ हजार ९ मत मात्र पाइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?