+
+

दिपायल सिलगढीको मेयर र उपमेयरमा कांग्रेस विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३ गते १७:२७

३ जेठ, डोटी । डोटीको दिपायल सिलगढी नगरपालिकाको मेयर र उपमेयर नेपाली कांग्रेसले जितेको छ । मेयरमा कांग्रेसका बाजी सिंह खड्का र उपमेयरमा कलावती महर साउँद निर्वाचित भएका हुन् ।

खड्काले नेकपा एमालेका लक्ष्मणबहादुर मलासीलाई १ हजार ६२३ मत अन्तरले पराजित गरेका हुन् । खड्काले ५ हजार १३८ मत ल्याउँदा मलासीले ३ हजार ५१५ मत प्राप्त गरे ।

उपप्रमुखमा कांग्रेसकी महरले ४ हजार ७६८ मत ल्याउँदा एमालेकी रूपा कठायतले ४ हजार १२९ मत प्राप्त प्राप्त गरिन् ।

०७४ सालको निर्वाचनमा दिपायल सिलगढीमा एमालेले जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?