+
+

स्वतन्त्रबाट निर्वाचित अध्यक्ष प्यारीलालले एक्लै शपथ लिए

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ८ गते १४:०६

८ जेठ, हुम्ला । हुम्लाको चंखेली गाउँपालिकामा स्वतन्त्रबाट अध्यक्षमा निर्वाचित प्यारीलाल शाहीले एक्लै शपथ लिएका छन् ।

हुम्लामा गत ६ गते शपथ कार्यक्रम थियो । संयुक्त रुपमा आयोजना गरिएको शपथ कार्यक्रममा सहभागी नभएका प्यारीलालले आइतबार मुख्य निर्वाचन अधिकृत एवम जिल्ला न्यायाधीश जगतबहादुर पौडेलबाट शपथ लिएका हुन् ।

प्यारीलाल  गठबन्धनका साझा उम्मेद्वार  गोविन्दबहादुर शाहीलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।उनलाई एमाले र एकीकृत समाजवादीको समर्थन थियो ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट अध्यक्षयमा चुनाव लडेका प्यारीलाल माओवादी केन्द्रका धनलाल चौलागाईंसँग १७४ मतले पराजित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?