+
+

बक्स अफिस : ‘भुलभुलैया २’लाई नेपालमा ७१ लाख, ‘लाइफ इन एलए’ सकसमा

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ९ गते १२:०३

काठमाडौं । कार्तिक आर्यन स्टारर बलिउड फिल्म ‘भुलभुलैया २’ले सुपरहिट व्यापार गरेपछि बलिउड ट्रेड एनालिस्ट तरण आदर्शले लेखे, ‘बिरामी उद्योगको फोक्सोमा अक्सिजन सञ्चार भएको छ ।’

नहोस् पनि किन, ‘कश्मीर फाइल्स’लाई अपवाद मान्ने हो भने पछिल्ला महिनामा एकसे एक बलिउड स्टारका फिल्म फ्लप भइरहेका थिए । यसै साता रिलिज भएको कंगना रनावतको ‘धाकड’ले पनि राम्रो व्यापार गर्न सकेन ।

तर कार्तिक आर्यनको ‘भुलभुलैया २’ले बलिउडलाई आशाको किरण देखाएको छ । बलिउड मात्र हैन, स्वयं कार्तिक आर्यनको करिअर संकटलाई यसले राहत दिएको विश्लेषण गरिएको छ ।

आदर्शका अनुसार ‘भुलभुलैया २’ले पहिलो सप्ताहन्त भारतीय बक्स अफिसमा ५५ करोड भारु कमाइ गरेको छ । भारतमा १४.११ करोड भारु ओपनिङ गरेको फिल्मले बलिउडलाई राहत दिएको छ ।

नेपाली बक्स अफिसमा पनि ‘भुलभुलैया २’ले सन्तोषजनक कमाइ गरेको छ । एप्पल इन्टरटेनमेन्टका अनुसार शुक्रबार र शनिबार फिल्मले नेपालमा ७१ लाख ग्रस कमाएको छ । नेपाली फिल्म ‘लाइफ इन एलए’ले घरेलु बक्स अफिसमा निकै कमजोर व्यापार गरेको छ । कमजोर समीक्षा र कमजोर शोको असर फिल्मको व्यापारमा देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?