+
+

चितवनको पन्ध्र किलोमा ग्याँस बुलेटमा लागेको आगलागी नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १३ गते १४:३६

१३  जेठ, चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको पन्ध्र किलो भन्ने स्थानमा ग्याँस बोकेको बुलेटमा लागेको आगो नियन्त्रणमा आएको छ ।

नेपाली सेना, नेपाल प्रहरी र भरतपुर महानगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

बुलेटको क्याविन र अगाडिको टायर क्षति भएको छ । सो ग्याँस बुलेट भारतको उडिसास्थित पैरवी ग्याँस कम्पनीबाट धादिङस्थित श्रीराम ग्याँस उद्योगको लागि ल्याएको र ग्याँस भने सुरक्षित रहेको प्रहरीले जनाएको छ ।

नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको यूपी १७ एटी ८६२७ नम्बरको बुलेटमा दिउँसो १ बजेतिर आगलागी भएको थियो ।  बुलेटमा लागेको आगो नियन्त्रणमा लिने क्रममा नारायणगढ मुग्लिन सडकखण्डमा सवारी आवागमन रोकिएको थियो ।

आगो नियन्त्रणमा लिएपछि दिउँसो २ बजेदेखि सडक दुईतर्फी सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?