+
+

विश्वमा प्रतिसेकेन्ड १५ किलोमिटर दुरी बराबर चुरोट सेवन !

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १८ गते ११:२४

धुम्रपानलाई स्वास्थ्यको दृष्टिकोणले मात्रै हानिकारक मानिंदैन, धुम्रपान गर्ने व्यक्तिलाई समाजले समेत त्यति राम्रो नजरले हेर्दैन । यति हुँदाहुँदै पनि चुरोट र सूर्तीजन्य पदार्थका उद्योगी र व्यापारहिरु दिनानुदिन धनाढ्य मात्रै बनेका छैनन्, समाजमा उनीहरु नै प्रतिष्ठित र शक्तिशाली समेत छन् ।

सूर्तीजन्य पदार्थलार्ई चुरोटमा बदल्नु जस्तो घातक कुरा संसारभर अरु केही नभएको बताइन्छ । चुरोटको माध्यमबाट मान्छे धुवाँ फोक्सोसम्म लिन्छन् । जसका कारण वार्षिक लाखौंले ज्यान गुमाइरहेका छन् ।

एउटा चुरोटमा ६०० बढी हानिकारक पदार्थ

अहिले बजारमा थरीथरीका चुरोट तथा धुम्रपानजन्य वस्तु पाइन्छन् । फरक स्वाद र रंगमा पाइने चुरोट बनाउन कम्पनीहरुबीच होडबाजी चलिरहेको छ । चुरोट जति धेरै लाइट भयो त्यसले त्यति धेरै स्वास्थ्यलाई हानी गर्छ । अर्थात् फोक्सो बिगार्छ । धुम्रपानजन्य वस्तु उत्पादन हुनु र बिक्री हुनुमा सरकार र वैज्ञानिक उत्तिकै दोषी छन् ।

संसारमा मेसिनरी उपकरणको विकास हुनुभन्दा पहिला एक व्यक्ति दिनभरमा करिब २०० चुरोट बनाउँथ्यो भने अहिले आधुनिक उपकरणका माध्यमबाट एक मिनेटमा २० हजार चुरोट उत्पादन हुन्छ । यसमा सायनाइड, रेडियोएक्टिभ आइसोटोप र अमोनिया जस्ता करिब ६०० हानिकारक पदार्थ पाइन्छन् ।

सरकार धुम्रपानलाई महामारी बनाउँदै

तम्बाकु र चुरोट जस्ता ज्यान लिने वस्तु उत्पादन गर्न कम्पनीलाई अनुमति तथा लाइसेन्स दिने सरकार दोषी हो । सरकारले चुरोटलाई महामारीका रुपमा परिवर्तन गर्दैछ । धुम्रपानका कारण प्रतिवर्ष ८० लाख सर्वसाधारणले ज्यान गुमाइरहेका छन् । धुम्रपानका कारण उत्पादन कम्पनी नाफामा गइरहेका छन् भने सेवनकर्ताले ज्यान दिइरहेका छन् । सूर्तीजन्य पदार्थको खेतीदेखि लिएर चुरोट बनाउने प्रक्रियाले स्वास्थ्यलाई मात्रै हानी नगरी जलवायु परिवर्तनमा समेत असर गरिरहेको छ ।

चुरोट बनाउन हरेक वर्ष ६० करोड रुख काटिन्छ

संसारभर हरेक वर्ष करिब ६ लाख करोड चुरोट बिक्री हुन्छ । वार्षिक रुपमा खाइने चुरोटलाई एकमाथि अर्को राख्दै जाने हो भने यसको चाङ पृथ्वीबाट सूर्यसम्म पुगेर फेरि पृथ्वीतिर फर्किन्छ ।

विश्वमा प्रतिसेकेन्ड १५ किलोमिटर लामो दुरी बराबर चुरोट सेवन गरिन्छ । भारतमा चुरोटजन्य सामग्री उत्पादनका लागि सन् १९६२ देखि २००२ सम्ममा १७ सय हेक्टर जंगल विनाश भएको छ ।

(स्टेनफोर्ड युनिभर्सिटी हिस्ट्री अफ साइन्सका प्रोफेसर रोबर्ट प्राक्टरले गरेको अध्ययन अनुसार)

दैनिक भास्करबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?