+
+

राप्रपा खोटाङका नेता जीवन श्रेष्ठको निधन

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २२ गते ११:०६

२२ जेठ, काठमाडौं । सवारी दुर्घटनामा घाइते भएका राप्रपा खोटाङका नेता एवम् पूर्व जिल्ला अध्यक्ष जीवनकुमार श्रेष्ठको आज बिहान उपचारको क्रममा निधन भएको छ ।

खोटाङमा सवारी दुर्घटनामा परी घाइते भएका श्रेष्ठको काठमाडौंको न्युरो अस्पतालमा उपचारको क्रममा ५८ वर्षको उमेरमा निधन भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठ १५ वर्षभन्दा लामो समयसम्म खोटाङ जिल्लाको राप्रपा अध्यक्ष रहेका थिए ।

श्रेष्ठको निधनबाट नेपालको राष्ट्रवादी आन्दोलन र राप्रपालाई ठूलो क्षति भएको प्रवक्ता श्रेष्ठले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?