+
+

चलचित्र संघको अध्यक्षमा वीरेन्द्रनारायण श्रेष्ठ निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २२ गते ११:११

काठमाडौं । प्रदर्शकहरुको छाता संस्था नेपाल चलचित्र संघको अध्यक्षमा वीरेन्द्रनारायण श्रेष्ठ निर्वाचित भएका छन् । शनिबार राजधानीमा सम्पन्न संघको ४७ औं वार्षिक साधारणसभाले श्रेष्ठलाई नेतृत्वमा चयन गरेको हो ।

नारायणगढको जलमा सिनेमा हल, परासीस्थित बिस्कुट र पेपर मिल उद्योगका सञ्चालक समेत रहेका श्रेष्ठले आगामी तीन वर्ष संघको नेतृत्व सम्हाल्नेछन् ।

निर्वाचित भएपछि अनलाइनखबरसँग कुरा गदै श्रेष्ठले फिल्मसम्बद्ध संघसंस्थालाई एकजुट बनाएर लैजानु र कोभिड महामारीबाट प्रभावित हलको राहतमा काम गर्ने आफ्ना एजेन्डा रहेको बताए ।

संघको विधानअनुसार निर्वाचित अध्यक्षले कार्यकारीसहितका अन्य पदहरु आफैं नियुक्त गर्नेछन् । सोमबार अन्य पदहरु नियुक्त गर्ने अध्यक्ष श्रेष्ठको तयारी छ । स्रोतका अनुसार महासचिवमा नरेन्द्र महर्जनलाई नियुक्त गर्ने उनको मनस्थिति छ ।

नेपालमा १३० भन्दा धेरै सिनेमा हल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?