+
+

बालुवाटारमा प्रधानमन्त्री देउवा र लोसपा नेताबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३० गते १०:४०

३० जेठ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी (लोसपा)का नेताहरूबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री देउवालाई भेट्न लोसपाका अध्यक्ष महन्त ठाकुर, राजेन्द्र महतोलगायत नेताहरू बालुवाटार पुगेका हुन् ।

भेटवार्ताका क्रममा लोसपाका नेताहरूले आर्थिक वर्ष २०७९/०८० को बजेट समावेशी नभएको गुनासो गरेका छन् ।

यही जेठ २४ गते मात्रै लोसपाका नेताहरूले विभिन्न ११ बुँदे मागहरू राखेर प्रधानमन्त्री देउवालाई ज्ञापन पत्रसमेत बुझाएका थिए । भेटवार्तामा तिनै मागहरूको बारेमा कुराकानी भएको नेताहरूले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?