+
+
Shares

संक्रमणकालीन न्यायबारे कानुनमन्त्रीले भने : सबै मुद्दा हेग जाँदैन

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १ गते १३:२५

१ असार, काठमाडौं । कानुनमन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले नेपालका सबै मुद्दा हेगस्थित अन्तर्राष्ट्रिय अदालतमा नजाने बताएका छन् । गम्भीर मानवअधिकार उल्लंघनका घटनाहरु हेग लैजाने भनेर आउने चर्चाको सन्दर्भमा मन्त्री कोइराला सो कुरा बताएका हुन् ।

बुधबारको प्रतिनिधि सभा बैठकमा नेपालको संक्रमणकालीन न्यायको विषयमा जवाफ दिंदै मन्त्री कोइरालाले हामीसँग नेपालको समस्या समाधान गर्ने क्षमता र इच्छाशक्ति दुवै भएकाले मुद्दा हेग नजाने बताए ।

उनले भने, ‘हामीसँग नेपालको समस्या समाधान गर्ने क्यापासिटी पनि छ र विलिङ पनि भएको हुनाले हेगसेग जाने कुराको त्यो अर्थ छैन ।’ क्षमता पनि नहुने र इच्छाशक्ति पनि नभएको अवस्थामा मात्र मुद्दाहरु हेग जाने उनले स्पष्ट पारे ।

‘इन्टरनेशनल लिगल रिजिममा नेपाल पनि पर्छ किनभने हामी इन्टरनेशनल कम्युनिटीको मेम्बर हौं । तर कहिले पनि इन्टरनेशनलले कहिले पनि के भन्दैन भने जम्मै कुरा इन्टरनेशनल लको विषय हो भन्दैन । त्यो दायित्व हामी उपर नै उसले निरोपित गरेको छ । त्यसैले नेपालका जम्मै केसहरु हेग जान्छ भन्ने भनाइ असत्य रहेको कुरा म निवेदन गर्न चाहन्छु,’ उनले भने ।

संक्रमणकालीन न्याय सम्बन्धी ऐन यही सदनमा आउँछ

संक्रमणकालीन न्याय सम्बन्धी ऐन यही सदनमा ल्याउने पनि उनले बताए । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग सम्बन्धी ऐनमा संशोधन गर्ने काम लामो समयदेखि रोकिइरहेको बेला कानुन मन्त्री कोइरालाले अब थप समय नलाग्ने बताएका हुन् ।

‘त्यो विधेयक यसै सदनमा ल्याउने व्यहोरा सम्मानीय सभामुखमार्फत् माननीय सदस्यज्यूहरुलाई अनुरोध गर्न चाहन्छु,’ मन्त्री कोइरालाले भने, ‘यो लामो समय रहनेवाला छैन ।’

विद्यमान कानुनमा संशोधन गर्न सर्वोच्चले आदेश दिए पनि संशोधन हुन सकेको छैन । जसका कारण द्वन्द्वकालीन घटनामा सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिनको काम अहिलेसम्म पनि अलपत्रै छ ।

सत्य निरुपण र बेपत्ता छानबिन आयोग आफैंमा स्वतन्त्र निकाय भएको भन्दै उनले ती आयोगहरुले आफ्नो काम आफैं अघि बढाउनुपर्ने बताए । यसमा संस्थागत सुधार आवश्यक देखेर नै सरकारले नीति तथा कार्यक्रम र बजेटमा पनि समेटेको पनि उनले जानकारी दिए ।

धेरैजसो देशहरुमा संक्रमणकालीन न्यायको काम ६ महिनामा बढीमा २ वर्षमा टुंगो लागेको भन्दै मन्त्री बन्दीले नेपालमा पनि यो काम छिटो सकिने विश्वास व्यक्त गरे ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?