+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

सीके राउतको समीक्षा : हाम्रा उम्मेदवारमा आत्मविश्वास देखिएन

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ८ गते १९:४०

८ असार, जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले स्थानीय तह निर्वाचनमा आफ्ना उम्मेदवारमा आत्मविश्वासको कमी देखिएको बताएका छन् ।

बुधबार जनकपुरधाममा आयोजित कार्यक्रममा राउतले आफूहरु पैसाका कारण चुनावमा पराजित नभएको बताए । ‘पैसा नभएका कारण जितेनौं भन्ने कुरा होइन । बिना पैसाले पनि मान्छेले जितेका छन् । जसलाई आत्मविश्वास छ ती व्यक्ति २१ बर्षकै उमेरमा मेयर भएर देखाइदिएका छन्’ उनले भने, ‘हाम्रा उम्मेदवारमा आत्मविश्वासको कमी देखियो ।’

उनले अघि भने, ‘जब आफैं चुनाव जित्ने विश्वास छैन भने जनताले कसरी मत दिन्छ ?’

अध्यक्ष राउतले अन्य पार्टीले अरु दलले आफ्नो पार्टी र उम्मेदवारविरुद्ध भ्रम फैलाएको पनि आरोप लगाए । ‘तिमी कहाँ जित्छौं, पैसा छैन । अर्काे पटक उठ्नु नि !’ जस्ता कुरा बोलेर आफ्ना उम्मेदवारको आत्मविश्वास घटाउने काम गरेको उनले बताए ।

यद्यपी दुई वटा सिट जित्नु पनि पार्टीको लागि महत्वपूर्ण भएको राउतले बताए । भारतीय जनता पार्टीले सन् १९८४ मा २ वटा मात्रै सिट जितेको प्रसंग उठाउँदै डा. राउतले अहिले त्यही पार्टीले २८२ सिट जितेको बताए । ‘हामी पनि २८२ सिटमा पुग्छौं’ उनले भने, ‘त्यसका लागि संघर्ष गर्नु जरुरी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?