
२० वर्षीय अमन खानमाथि चक्कु प्रहार गरेका आरोपी अशोक यादव र सन्तोष यादव ।
९ असार, काठमाडौं । काठमाडौंको नागर्जुन नगरपालिका, बाफलमा एकजना विद्यार्थीमाथि चक्कु प्रहार गरेको अभियोगमा दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कालीमाटीको माछाबजारमा धनुषा फ्रेस हाउस सञ्चालन गरी बस्ने अशोक यादव र सन्तोष यादव रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले अनलाइनखबरलाई बताए ।
कक्षा ११ मा पढ्ने २० वर्षीय अमन खान ५ असाजमा बिहान साढे २ बजे दुईजनाले चक्कु प्रहार गरेका थिए । घटनालगत्तै प्रहरी वृत्त, कालीमाटीमा उनले निवेदन दिएका थिए ।
पीडित खानले माछा पसलमा गएका बेला आफूमाथि बिना कारण कुटपिट र चक्कु प्रहार भएको बताएका छन् । घटनास्थलको क्लोज सर्किट (सीसी) क्यामरा फुटेजमा उनी मोटरसाइकलमा आएर रोक्ने वित्तिकै कुटपिट भएको देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4