+

‘गर्भावस्थामा थाइराइड भए शिशुलाई जोखिम हुन सक्छ’

२०७९ असार  १५ गते १४:२२ २०७९ असार १५ गते १४:२२
‘गर्भावस्थामा थाइराइड भए शिशुलाई जोखिम हुन सक्छ’

१५ असार, काठमाडौं । गर्भावस्थामा केही जटिलता आउन सक्छ । त्यसैमध्येको हो, थाइराइड पनि । गर्भावस्थामा थाइराइड भएमा के हुन्छ ? गर्भको बच्चामा कुनै जोखिम हुनसक्छ ? थाइराइड भएको अवस्थामा जन्मिने बच्चा अशक्त हुन सक्छन् ? यस अवस्थामा थाइराइड भएमा कस्ता विकल्प अपनाउन सकिन्छ ?

यिनै विषयमा थाइराइड रोग विशेषज्ञ डा. मधु पाण्डेसँग अनलाइनखबरकर्मी सुमित्रा लुइटेलले गरेको कुराकानी :

थाइराइड खास कस्तो समस्या हो ? सरल रूपमा यसलाई कसरी बुझ्ने ?

थाइराइड घाँटीमा भएको एक पुतली आकारको ग्रन्थी हो । यसबाट निस्कने हर्मोनहरुले शरीरका अनेकौं अंगका कामलाई नियन्त्रण र प्रभाव पार्ने गर्छ । थाइराइड वा यससँग सम्बन्धित हर्मोनको उत्पादनमा कुनै अवरोध आएमा त्यसबाट धेरै भागमा समस्या उत्पन्न हुने हुन्छ ।

कतिपयले थाइराइडलाई नै रोग भन्ने गरेको पाइन्छ तर त्यसो होइन । गलगाँड, थाइराइडको हर्मोन कम उत्पादन हुने समस्या, थाइराइडको हर्मोन बढी उत्पादन हुने समस्या, थाइराइड सुन्निने लगायत गाँठो आउने, मासु बढ्ने, क्यान्सर हुनेलगायत समस्या हुन्छन् । यी समस्यामा मुख्यतः  हाइपो र हाइपर थाइरायडिज्मका बढी देखिने गर्छ ।

थाइराइड के कारणले हुन्छ ?

थाइराइडकै कारण गर्भको बच्चामा एबनर्मल जन्मने भय हुन्छ । बच्चामा  ‘न्युरोलोजिकल डिसअर्डर’ सामान्य रूपमा भन्नुपर्दा दिमागी विकास रोकिनु वा सुस्त हुनु जस्तो समस्या देखिन सक्छ ।

मुख्यगरी थाइराइड आयोडिनको कमीले हुन्छ । हामीले दैनिक कति आयोडिन खाइरहेका छौं भन्ने कुरा नै थाहा छैन । त्यसैले धेरैलाई आयोडिनको कारणले नै थाइराइड हुने गर्छ ।

साथै थाइराइडको समस्या वंशाणुगत कारणले पनि हुन्छ । बदलिंदो जीवनशैली र खानपानले गर्दा पनि यो समस्या बढिरहेको छ । यो समस्या हर्मोनल परिवर्तन हुने समय जस्तै गर्भ अवस्थामा पनि यो समस्या देखा पर्न सक्छ ।

खानपान, जीवनशैली, हावापानी, मनस्थिति जस्ता कुरा थाइराइडका लागि कति जिम्मेवार हुन्छ ? वा यी कुराहरूले पनि थाइराइड हुनसक्छ ?

खानपान, जीवनशैली, हावापानी, मनस्थिति जस्ता कुराले पनि थाइराइडको समस्या निम्ताउने गर्छ । अहिले हामीले खाइरहेको खाना शुद्ध छैन सबै खानेकुरामा मिसावट हुन्छ । खानामा भएको अशुद्धीकरणको कारणले पनि धेरै मानिसहरूमा यो समस्या देखिन थालेको छ ।

पहिले थाइराइड जाँच गर्ने सुविधा थिएन जसले गर्दा पनि यो समस्या धेरै मात्रामा देखिएको थिएन । अहिले थाइराइड जाँच गर्ने राम्रो सुविधा छ मानिसहरू पनि सचेत छन्, जसले गर्दा पनि यो समस्या देखिने क्रम बढ्दो छ ।

थाइराइडको लक्षण के के हुनसक्छ ? कसरी थाहा पाउने कि मलाई थाइराइड भयो ?

थाइराइड खासगरी दुई प्रकारको हुने भएकाले यसको दुवैमा लक्षण फरक–फरक हुन्छ ।  हर्मोनको उत्पादन बढी हुने समस्यालाई हाइपरथाइरायडिज्म भनिन्छ । यसमा थाइराइड बढी नै सक्रिय हुन्छ ।

शरीरमा टी थ्री र टी फोर हर्मोनको स्रावमा असन्तुलन आएर अनेक लक्षण देखिन्छन् । जस्तै, तौल घट्दै गएर शरीर दुब्लो–पातलो हुने, भोक बढी लाग्ने, पेट गडबडी हुने, कपाल झर्ने, डर लाग्ने, मुटुको धड्कन बढ्ने, रिस उठ्ने, झिंजो–झर्को लाग्ने, काममा ध्यान नजाने, पसिना बढी आउने, हातखुट्टा काँप्ने, निद्रा नलाग्ने, मन अस्थिर हुने, मुख सुक्ने जस्ता लक्षण पनि देखिन्छन् ।

हाइपोथाइरायडिज्ममा भने थाइराइड हर्मोनको उत्पादन कम हुन्छ । यसमा मुटुको चाल गडबड हुने, जीउ गल्ने–थाक्ने, कपाल तथा छाला सुख्खा एवं फुस्रो हुने, तौल बढ्दै जीउ मोटाउन थाल्ने, आलस्यता बढ्ने, निद्रामा गडबडी, गलगाँड सुन्निने, महिलामा मासिकस्रावमा कम वा बढी रगत बग्नेलगायत अन्य गडबडी हुने, बाँझोपन हुनेजस्ता समस्या देखिन्छन् ।

थाइराइड कुन उमेर समूह वा कस्ता व्यक्तिलाई हुने जोखिम हुन्छ ?

थाइराइड सबै उमेर समूहमा हुन्छ । तर जब मान्छेमा हर्मोनल परिवर्तन हुन्छ त्यसबेला यसको समस्या हुनसक्छ । जस्तै, गर्भवती अवस्था, बच्चा पाइसकेको अवस्था र किशोर अवस्थामा थाइराइडको  ग्रन्थिहरूमा समस्या आउन सक्छ । पुरुषको तुलनामा महिलामा यो समस्या बढी देखिन्छ । किनकि महिलाहरूमा रोगसँग लड्ने क्षमता तुलनात्मक रुपमा कम हुन्छ ।

थाइराइड भएमा के कस्ता कुरामा ध्यान दिन जरुरी छ ?

थाइराइड भएको व्यक्तिले खानेकुरामा खासै केही बार्नु पर्दैन । तर थाइराइडको समस्या भएको अवस्थामा डाक्टरको सल्लाह लिएर समयमा औषधि भने सेवन गर्नुपर्छ । डाक्टरको सल्लाहबिना औषधि छोड्नु पनि हुँदैन ।

थाइराइड हुनै नदिन के गर्ने ?

धेरै मानिसलाई हाइपोथाइराइडको समस्या हुने भएकाले मोटोपना बढ्दै जान्छ । त्यसैले मोटोपना कम गर्न खानपानमा विशेष ध्यान दिने, व्यायाम गर्ने र स्वास्थ्य जीवनशैली अपनाउनुपर्छ ।

गर्भावस्थामा थाइराइड भएमा कति जटिल हुनसक्छ ?

गर्भावस्थामा थाइराइड भए आमा र बच्चा दुवैको लागि जटिल अवस्था सिर्जना हुनसक्छ । शिशुमा शारीरिक तथा मानसिक विकास नहुने तथा शिशु पछि गएर सुस्त मनस्थितिको हुनसक्छ ।

आमामा प्रि–इक्लाम्पसिया, समय भन्दा अगाडि प्रसूति पीडा लाग्ने, प्रसूतिमा धेरै रगत बग्ने, भ्रुणको तौल कम हुने वा मृत शिशु जन्मन सक्छ ।

थाइराइडकै कारण गर्भको बच्चा ‘एबनर्मल’ जन्मिन सक्छ भन्ने हो ?

थाइराइडकै कारण गर्भको बच्चामा एबनर्मल जन्मने भय हुन्छ । बच्चामा  ‘न्युरोलोजिकल डिसअर्डर’ सामान्य रूपमा भन्नुपर्दा दिमागी विकास रोकिनु वा सुस्त हुनु जस्तो समस्या देखिन सक्छ । जसले गर्दा बच्चाको वृद्धि विकासमा समेत समस्या हुन सक्छ । साथै बच्चामा कान नसुन्ने वा उचाइ कम हुने जस्ता समस्या आउन सक्छ, गर्भमा हुँदा अक्सिजनको कमी भई गर्भमा नै मृत्यु हुन सक्छ ।

थाइराइड भएको अवस्थामा गर्भको बच्चालाई सुरक्षित राख्ने कुनै उपाय हुनसक्छ ?

थाइराइड भएको अवस्थामा गर्भको बच्चालाई सुरक्षित राख्न गर्भवती महिलाले डाक्टरको सल्लाह अनुसार औषधि सेवन गर्नुपर्छ । यदि गर्भ अवस्थामा भएको थाइराइडलाई नियन्त्रणमा राखिएन भने आमा र बच्चा दुवैलाई खतरा हुन्छ । त्यसैले अस्पताल गएर डाक्टरको सल्लाह अनुसार उपचार गर्नुपर्छ ।

गर्भावस्था थाइराइड
डा. मधु पाण्डे
लेखक
डा. मधु पाण्डे
मधुमेह, थाइराइड र हार्मोन विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : १२६५९ एमबीबीएस, एमडी हाल काठमाडौं थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पताल र चावहिलस्थित मेडिकेयर अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

हामीले दिनहुँ खाइरहेका छौं ‘अल्ट्रा प्रोसेस्ड फुड’, यो किन अति हानिकारक छ ?

हामीले दिनहुँ खाइरहेका छौं ‘अल्ट्रा प्रोसेस्ड फुड’, यो किन अति हानिकारक छ ?

कान पाक्ने तीन समस्या, कुन बढी जोखिमपूर्ण र जटिल ?

कान पाक्ने तीन समस्या, कुन बढी जोखिमपूर्ण र जटिल ?

थकान महसुस भइरहन्छ ? यस्ता छन् ५ उपाय

थकान महसुस भइरहन्छ ? यस्ता छन् ५ उपाय

उच्च रक्तचापको औषधि नखाँदा के हुन्छ ? (भिडियो)

उच्च रक्तचापको औषधि नखाँदा के हुन्छ ? (भिडियो)

पेटको बोसो घटाउन यी ५ योगासन (भिडियो)

पेटको बोसो घटाउन यी ५ योगासन (भिडियो)

रजोनिवृत्तिपछि यौनरुचि घट्छ ? यस्ता छन् ५ भ्रम

रजोनिवृत्तिपछि यौनरुचि घट्छ ? यस्ता छन् ५ भ्रम