१५ असार, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकज विक्रम नेम्वाङले कतारका राजदूत युसुफ बिन मोहम्मद अल हेलसँग भेट गरेका छन् ।
एन्फाका नवनिर्वनचित अध्यक्ष नेम्वाङ र महासचिव किरण राई लगायत टोलीले बुधबार काठमाडौंमा राजदूतलाई उनैको निवासमा भेट गरेको एन्फाले जनाएको छ ।
भेटमा राजदूत अल हेलले नेम्वाङलाई बधाइ दिएका थिए ।
दुई पक्षले संयुक्त सहकार्यमार्फत नेपनलमा फुटबल विकास गर्न सहमत भएका छन् ।
यस्तै दुई पक्षबीच सम्बन्ध बलियो बनाउने विषयमासमेत छलफल भएको थियो ।
भेटमा एन्फा सदस्य सरिला श्रेष्ठ पनि उपस्थित थिइन् ।
प्रतिक्रिया 4