+
+

ठेलामा मकै बेच्दा काठमाण्डौ महानगरको लछारपछार !

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १७ गते १७:५८

१७ असार,काठमाडौं । शुक्रबार काठमाडौं महानगरपालिकाको वडा नम्बर ४ महाराजगञ्जमा मकै बेच्दै हिँडेकी एक महिलाको ठेलालाई नगर प्रहरीले नियन्त्रणमा लिएको छ ।

आफ्नो ठेला प्रहरीले उठाएपछि महिलाले हार गुहार गरिन् । तर नगर प्रहरीले उनलाई नै सडकमा लछार पछार गर्‍यो ।

एक पुरुष नगर प्रहरीलाई रोक्न खोज्छन् । तर नगर प्रहरीले ठेला र केही मकै गाडीमा हालेर लगिछाड्छ । घटनाको भिडियो पत्रकार सृष्टि काफ्लेले ट्वीटरमा पोष्ट गरेकी छन्, जुन भाइरल भएको छ । नगर प्रहरीले गरेको ज्यादतीको आलोचना भइरहेको छ ।

महानगरका नगर प्रहरी प्रमुख धनपति सापकोटा भने यस्ता घटना दिनहुँ हुने बताउँछन् । ‘यस्तो घटना त दैनिक दशौं हुन्छन् । हामीले पटक पटक ठेलागाडा नराख्न भनेका छौैं । फुटपाथ र सडकमा नराख्नु भनेको ठाउँमा ठेला राखेपछि जफत हुने कुरा सामान्य हो,’ सापकोटाले भने, ‘नगर प्रहरीको नजर नपर्ला कि भनेर हेपेर ठेलाहरु राख्छन् । हामीले छोड्ने हो भने त फुटपाथ र सडक कसरी व्यवस्थापन हुन्छ ?’

उनका अनुसार यसरी जफत भएको ठेला र सामान फिर्ता हुँदैन । यस्ता सामान महानगरले लिलामी गर्ने गरेको छ ।

महानगरका सूचना अधिकारी वसन्त आचार्यले भने यो विषयमा जानकारी नभएको प्रतिक्रिया दिएका छन् ।

काठमाडौं महानगरका मेयर बालेन साह पनि यसबारे बोलेका छैनन् । उनको सचिवालयले भने घटनाबारे जानकारी लिने प्रयास भइरहेको बताएको छ ।

भिडियोमा हेर्नुस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?