+
+

यसरी हुँदैछ असार २४ गते नीता-हरिहरको बिहे, निम्तो बाँड्न सुरु

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १९ गते १०:३९

१९ असार, काठमाडौं । अभिनेत्री नीता ढुंगाना र ज्योतिषी तथा अभिनेता हरिहर अधिकारीबीच आगामी शुक्रबार विवाह हुँदैछ । असार २४ गते हुने बिहे समारोहका लागि उनीहरुले निम्तो पत्र पनि वितरण गरिरहेका छन् ।

सार्वजनिक भएको विवाहको कार्ड अनुसार उक्त मितिमा दरबारमार्गस्थित होटल याक एण्ड यतिमा बिहान १० बजेदेखि वैवाहिक कार्यक्रम सुरु हुनेछ । बिहेमा आफन्त र परिवारलाई मात्र बोलाइएको छ ।

उनीहरुको रिसेप्सनको लागि बलिउड अभिनेता तथा ‘गजनी’ फेम्ड भिलेन प्रदीप रावत पनि नेपाल आउने चर्चा छ । चार वर्षअघिको प्रेमलाई उनीहरुले बिहेमा परिणत गर्न लागेका हुन् । यतिबेला दुवै जना सपिङ र बिहेको तयारीमा जुटेका छन् ।

बिहेलगत्तै हरिहर र नीता दुवै जना निर्माण हुन लागेको फिल्म ‘ह्रस्वदीर्घ’मा व्यस्त हुनेछन् । यो फिल्मलाई उनीहरुले आफ्नो स्वप्न प्रोजेक्ट बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?