+
+

माओवादी बैठक : एजेण्डामै परेन एमसीसी

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १९ गते १२:४५

१९ असार, काठमाडौं । आइतबारदेखि सुरु भएको नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीबारे बहस नहुने भएको छ ।

१२ बुँदे ब्याख्यात्मक घोषणासहित एमसीसी संसदबाट अनुमोदन भएपछि नारायणकाजी श्रेष्ठसहितका नेताहरुले असन्तुष्टि जनाएका छन् । श्रेष्ठ समूहमा छुट्टै पार्टी बनाउने विषयमा समेत छलफल हुन थालेपछि प्रचण्डले स्थानीय चुनावपछि २० जेठमा केन्द्रीय कमिटी बैठक बोलाउने, एमसीसीबारे बहस गर्ने र फरक मत आए तल्लो तहसम्म लगेर छलफल गर्न दिने सहमति गरेका थिए ।

२० जेठको बैठक पटकपटक सर्दै आइतबारदेखि सुरु भएको छ । तर एमसीसीबारे बहस एजेण्डामा नै परेन । प्रचण्डले ९ बुँदे एजेण्डा अघि सारेका छन्, जसमा चुनावको समीक्षा, संगठनात्मक विषय आदि छन् ।

स्रोतका अनुसार प्रचण्डले श्रेष्ठ समूहका नेतारुलाई एमसीसीबारे अलि पछाडि छलफल गरौंला भन्ने आश्वासन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?