+
+

राहदानी वितरण प्रभावकारी बनाउन युवा संघको माग

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १९ गते १४:०२

१९ असार, काठमाडौं । राहदानी (पासपोर्ट) वितरण प्रभावकारी बनाउन माग गर्दै एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ, नेपालले राहदानी विभागमा ज्ञापन पत्र बुझाएको छ ।

आइतबार दिउँसो त्रिपुरेश्वरस्थित विभागको कार्यालयमा जुलुससहित पुगेका युवा संघका कार्यकर्ताले ज्ञापन पत्र बुझाएका हुन् ।

राहदानी वितरणलाई द्रूत र प्रभावकारी बनाउनु पर्ने, प्रभावकारी सर्भर प्रयोग गरी घरबाटै सहजरुपमा फाराम भर्नसक्ने वातावरण बनाउनु पर्ने,  जिल्लाबाट दिइने सेवा प्रभावकारी बनाउनुपर्ने र बिचौलियालाई निषेध गर्नुपर्ने माग युवा संघको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?