+
+

सेतीमा बगेर बेपत्ता भएका युवक अझै फेला परेनन्

रासस रासस
२०७९ असार २३ गते १२:४४
फाइल तस्वीर

२३ असार, डोटी । डोटीको शिखर नगरपालिका–१० गहनानस्थित सेती नदीमा बगेर बेपत्ता भएका अमरगढी नगरपालिका–६ छचोडाका अन्दाजी २७ वर्षीय वीरेन्द्र ताम्राकार अझै फेला परेका छैनन् ।

बुधबार दिउँसो डडेल्धुराबाट मलामी आएका उनी डोटीको गहनानस्थित सेती नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका थिए ।

नदीमा बगेको खबर पाएलगत्तै प्रहरी टोली परिचालन गरिए पनि उनको अहिलेसम्म कहीँकतै पत्ता लाग्न नसकेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी भोला भट्टले जानकारी दिए ।

उनले भने, ‘युवक बगेको खबर पाएलगत्तै स्थानीयवासी तथा प्रहरी टोली परिचालन भएको छ, अहिलेसम्म पत्ता लगाउन सकेका छैनौँ, खोजीकार्य जारी छ ।’

वर्षात्का कारण नदीमा पानीको बहाब बढेको र पानी धमिलो भएका कारण खोजीकार्यमा समस्या भएको प्रहरीले जनाएको छ ।

सेती नदीमा आफन्तको शव जलाउन आएका बेला उनीसँगै अर्का विनोद ताम्राकार पनि नदीमा बगेका थिए ।

ताम्राकार करिब २०० मिटर तल बानीडुग्रीसैन नजिक घाइते अवस्थामा फेला परेका थिए भने वीरेन्द्र अहिलेसम्म बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?