+
+

पहिरोमा ज्यान गुमाउनेको परिवारलाई गाउँपालिकाले १ लाख दिने

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३२ गते १६:३१

३२ असार, जुम्ला । बिहीबार राति जुम्लाको हिमा गाउँपालिका–१ आचार्यलिहीमा पहिरोले विद्युत गृह भासिदा ज्यान गुमाउने ३ जनाको परिवारलाई गाउँपालिकाले एक लाख रुपैयाँ राहत दिने भएको छ ।

शनिबार जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी, गाउँपालिकाका अध्यक्षसहितको टोलीले पहिरो गएको क्षेत्रको स्थलगत अवलोकन गरेको थियो ।

स्थलगत अवलोकनपछि बसेको गाउँ कार्यपालिकाको बैठकले पीडित परिवारलाई एक लाख रुपैयाँ राहत दिने निर्णय गरेको अध्यक्ष शाहीले बताए । प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंका अनुसार पीडित परिवारलाई संघीय सरकारले पनि एक लाख रुपैयाँ राहत दिनेछ ।

बिहीबार राति हिमा गाउँपालिका–१ आचार्यलिहीमा भित्रीखोला लघु जलविद्युत आयोजनामा पहिरो जाँदा विद्युतगृहका अपरेटर गोरखबहादुर शाहीका श्रीमती र ९ र ८ वर्षका दुई छोराको मृत्यु भएको थियो ।

श्रीमती र छोराको मृत्यु भएपछि अपरेटर रावत बेहोस भएका थिए । उनी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचार गरी घर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?