+
+

बाबुराम भट्टराई समूहले टुंग्यायो पार्टीको नाम

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ८ गते २०:०५

८ साउन, काठमाडौं । डा. बाबुराम भट्टराई समूहले पार्टीको नाम टुंगो लगाएको छ । नेपाल समाजवादी पार्टी नाम र चुनाव चिह्न आँखा राख्ने सहमति भएको भट्टराई निकट एक नेताले बताए ।

यो चुनाव चिह्न कुनै समय भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीको थियो । अहिले समावेशी लोकतान्त्रिक पार्टीको छ । जनता समाजवादी पार्टी (जसपा) मा विवाद चर्किएका बेला भट्टराई निकट दीपक लामिछानेको अध्यक्षतामा ५ फागुनमा यो दल निर्वाचन आयोगमा दर्ता भएको थियो ।

२ वर्षसम्म यो चुनाव चिह्न अर्को पार्टीले नपाउने भएका कारण नाम फेरेर ‘नेपाल समाजवादी पार्टी’ राख्ने र डा. बाबुरामलाई हस्तान्तरण गर्ने सहमति भएको छ ।

त्यसअनुसार आइतबार विधान संशोधनका लागि निर्वाचन आयोगमा निवेदन परेको छ । आयोगले विधान स्वीकृत गरेपछि केन्द्रीय कार्यसमिति परिर्वतन हुन्छ । एक नेता भन्छन्, ‘त्यसपछि बल्ल डा. बाबुरामको हातमा पार्टी आइपुग्छ ।’

नेताहरुका अनुसार पार्टीको विधानमा फरक फरक समुदायबाट तीन अध्यक्षको व्यवस्था गरिएको छ ।

डा. भट्टराईले अध्यक्ष बन्ने रुचि देखाएको अवस्थामा खसआर्य समुदायबाट उनी अध्यक्ष बन्ने छन् भने मधेसी समुदायबाट महेन्द्र राय यादव हुनेछन् । आदिवासी जनजाति क्लस्टरबाट भने कसलाई अध्यक्ष बनाउने भन्ने अन्यौल छ । एक नेता भन्छन्, ‘हिषिला यमी र गंगानारायण श्रेष्ठ बाहेक अरु छैन । कि त उहाँहरुलाई राख्नुपर्‍यो, होइन भने दुई अध्यक्षमा राखेर चुनावसम्म जाने अवस्था पनि आउनसक्छ ।’

दलको नाम परिर्वतन लगायतका प्रक्रिया बाँकी रहेकाले यसबारे निर्णय भइनसकेको एक नेताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?