+
+

मुगुमा कुलो बनाउँदा भ्रष्टाचार गरेको भन्दै ९ जना विरुद्ध मुद्दा दायर

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ११ गते १७:२३

११ साउन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको छायाँनाथ रारा नगरपालिकामा सिंचाइ कुलो निर्माणमा अनियमितता गरेको भन्दै कृषि विकास कार्यालय मुगुका तत्कालीन निमित्त कार्यालय प्रमुख पंचलाल बुढासहितका ९ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

उनीहरुले २३ लाख १० हजार ५९७ रुपैयाँ १७ पैसा भ्रष्टाचार गरेको भन्दै अख्तियारले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

अख्तियारले मुद्दा दायर गरेकामा बुढासहित कार्यालयका सव-इन्जिनियर राजेन्द्र शाही, तत्कालीन ना.प्रा.स. मणिचन्द्र बिक, जिल्ला समन्वय समिति मुगका तत्कालीन खरिदार बिश्वास उपाध्याय छन् ।

यस्तै अख्तियारले तीनमुखेदेखि लुवाबान्ना कृषि सिंचाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष बखतबहादुर सेजुवाल, सचिव लालबहादुर सेजुवाल, कोषाध्यक्ष उजेली नेपाली र सह-सचिव सुरेश वुढा र छायाँनाथ रारा नगरपालिका वडा नं. १० का तत्कालीन वडा अध्यक्ष धर्मदत्त सावतविरुद्ध पनि मुद्दा दायर गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?