+
+

त्रिभुवन राजपथबाट रात्रि सेवाको बस सञ्चालनमा रोक

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १७ गते १८:५१
त्रिभुवन राजपथको फाइल तस्वीर ।

१७ साउन, मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले त्रिभुवन राजपथबाट काठमाडौंतर्फ रात्रिबस चल्न रोक लगाएको छ ।

त्रिभुवन राजपथको मोड साँघुरो भएका कारण यात्रुको सुरक्षालाई मध्यनजर गर्दै मुग्लिन सडक सञ्चालनमा नआएसम्म हेटौंडामा नै प्रतीक्षा लाममा राख्ने व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

उनले पूर्व र पश्चिमबाट दिवा सेवामा आएका बसलाई आवश्यकता हेरी करिब ३५ बस त्रिभुवन राजपथ हुँदै काठमाडौँतर्फ जान अनुमति दिएको बताए ।

प्रवक्ता कार्कीले धादिङको नौबिसेको प्रहरीले काठमाडौंबाट मंगलबार बिहान पूर्व र पश्चिमतर्फ जान छुटेका बसलाई त्रिभुवन राजपथबाट यातायात सञ्चालनमा आउन निषेध गरिएको र काठमाडौंबाट आएको मिनी ट्रक, ट्रक, पालुङबाट हेटौंडा आउने सवारी साधनलाई मात्रै सञ्चालन ल्याउन अनुमति दिएको बताए ।

लगातार परेको वर्षासँगै आएको पहिराका कारण चितवन–मुग्लिन सडकखण्ड अवरुद्ध भएपछि पूर्वबाट काठमाडौंतर्फ जाने रात्रि सेवाले त्रिभुवन राजपथ प्रयोग गर्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?