+
+

प्रचण्ड जापान उड्नुअघि ताइवानबारे निजी सचिवालयको वक्तव्य

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २० गते १७:२६

२० साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ताइवानको पछिल्लो घटनाक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

प्रचण्ड शुक्रबार बेलुकी जापान जाने तयारीमा छन् । त्यसअघि उनको निजी सचिवालयले वक्तव्य जारी गर्दै ताइवानको पछिल्लो घटनाक्रमबारे बोलेको हो ।

प्रचण्डको सचिवालयले भनेको छ, ‘हाम्रो देश नेपाल र हाम्रो पार्टी एक चीन नीतिप्रति प्रष्ट छ । चीनको राष्ट्रिय एकताप्रति बाधा हुने कुनै पनि गतिविधिप्रति हाम्रो विरोध रहन्छ ।’

चीनको विरोधकाबीच अमेरिकी सभामुख न्यान्सी पोलिसीले ताइवानको भ्रमण गरेकी छिन् । त्यसपछि चीनले ताइवानलाई लक्षित गरी मिसाइल परिक्षण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?