+
+

 हेनिकेन कम्पनी : जसले जुत्तामा रक्सी हालेर बेच्छ

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २१ गते ९:२७

यदि तपाईं पनि मदिराप्रेमी हुनुहुन्छ भने चर्चित बियर कम्पनी हेनिकेनको नाम त अवश्य सुन्नुभएको होला । हेनिकेनले विभिन्न प्रकारका बियर बजारमा ल्याउने गर्दछ ।

पछिल्लो समयमा यो कम्पनीले जुत्तामा हालेर बियर बेचिरहेको छ ।

जुत्तामा राखेको बियर पिउन कसलाई पो मन लाग्ला र ? भन्ने ठान्नुहोला । तर हेनिकेनको त्यही जुत्ताको बियर पिउन मानिसहरू तछाडमछाड गरिरहेका छन् । हेनिकेनको उक्त बियरलाई हेनिकिक्स भन्ने गरिएको छ ।

हुनत फेसनको दुनियामा नयाँ कुरा पत्ता लगाउनु अर्थात् इनोभेसन कुनै अनौठो होइन । तर कुनै कम्पनीले जुत्तामा मदिरा राखेर बेचिरहेको फेसन चाहीँ सायद दुनियाँमै पहिलोपटक हो ।

हेनिकेन कम्पनीमा कार्यरत चर्चित डिजाइनर डोमिनिक सियाम्ब्रोन उर्फ शू सर्जनको सहयोगमा उक्त मदिरा भरिएको जुत्ता लञ्च गरिएको हो ।

कम्पनीले एक ट्वीट मार्फत जुत्ताको एक स्मार्ट जोडीको पहिलो लुक्स शेयर गरेको छ ।

कम्पनीले भनेको छ- तपाईंका लागि सोलमा डिजाइन गरिएको हेनिकेन सिल्भर, जसको नरमपनालाई अब नजिकबाट देख्न सकिनेछ ।

कम्पनीका अनुसार चर्चित डिजाइनर डोमिनिक सिआम्ब्रोनको सहयोगमा उक्त जुत्ताको डिजाइन गरिएको हो ।

यो जुत्ता हरियो र रातो रङमा उपलब्ध छ र त्यसमा सेतो रङ समायोजन गरिएको छ । यो जत्ता सीमिति संख्यामा मात्रै बजारमा पठाइने कम्पनीले जनाएको छ ।

यो जुत्ताको तलुवा अर्थात् सोलमा बियर भरिएको हुन्छ । एक विशेष सर्जिकल इन्जेक्सनको प्रयोग गरी तलुवामा बियर भरिन्छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?