+
+

गुल्मीमा ट्रक पल्टिँदा चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २२ गते १२:४०

२२ साउन, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका-१० सिमिचौरमा ट्रक पल्टिँदा चालकको मृत्यु भएको छ ।

गुल्मीदरबार गाउँपालिका–३ का अन्दाजी ३२ वर्षीय रनबहादुर ढेगाको मृत्‍यु भएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका सूचना अधिकारी माधव खरेलले जानकारी दिए ।

खरेलका अनुसार रेसुङ्गा नगरपालिका राङबासबाट सामान छोडेर तम्घास फर्कंदै गरेको लु१ख १८६६ नंको ट्रक रेसुङ्गा–१० सिमिचौरमा पल्टिएको थियो ।

ट्रक बाटोबाट करिब दुई सय मिटर तल खसेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?