+
+

कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिको अभिमुखीकरण कार्यक्रम सुरु

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३० गते १३:२९

३० साउन, काठमाडौं । नेपाली कांग्रेसले पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिका लागि आजदेखि अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ ।

पाटीको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको दुई दिने अभिमुखीकरण कार्यक्रमको प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले उदघाटन गरे । कार्यक्रमलाई सम्बोधन गर्दै उनले धेरै सिट पाउनुभन्दा धेरै सिटमा जित्नु ठूलो कुरा भएको बताए ।

ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा आयोजित कार्यक्रममा मेयर-उपमेयर तथा अध्यक्ष-उपाध्यक्षहरुको सहभागिता छ । उनीहरुलाई पार्टीका शीर्ष नेताहरुले प्रशिक्षण दिने छन् ।

अभिमुखीकरणका कारण कांग्रेसले निर्वाचन केन्द्रित देशव्यापी अभियानलाई छोट्याएको छ । ३० र ३१ गते अभिमुखीकरण हुने हुँदा तयारी नपुग्ने भन्दै कांग्रेसले भदौ २ गतेदेखि सुरू गर्ने भनिएको अभियान एक साता पछि सारेको छ । चुनावी अभियान अब भदौ १० गतेदेखि सुरु गर्ने नेपाली कांग्रेसले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?