+
+

बाँकेमा सवारी दुर्घटना हुँदा एकको मृत्यु

रासस रासस
२०७९ भदौ ३ गते १५:२२

३ भदौ, बाँके । बाँकेको वैजनाथ गाउँपालिका–५ वनकटवास्थित पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।

मिनी ट्रक, म्याजिक भ्यान र मोटरसाइकल आपसमा ठोक्किएर भएको दुर्घटनामा भ्यानका चालक बाँसगढी नगरपालिका–४ बर्दिया निवासी रामबहादुर कुँवरको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले जानकारी दिए ।

उनका अनुसार, पश्चिमतर्फ गइरहेको भे१क २१९६ नम्बरको मिनी ट्रक, कोहलपुरतर्फ आउँदै गरेको भे१ज ४४९ नम्बरको भ्यान र भे११प २८०० को मोटरसाइकल ठोक्किएका थिए ।

दुर्घटनामा परेर नौ यात्रु घाइते भएका छन् । घाइतेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक मल्लले बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?