+
+

वीरगञ्जको विद्युत समस्या समाधान गर्न कुलमानलाई मेयर सिंहको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ८ गते १९:१४

८ भदौ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई भेटेर वीरगञ्जमा विद्यमान विद्युत सम्बन्धी समस्या समाधानका लागि आग्रह गरेका छन् ।

विद्युत प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख जितेन्द्र झासँगै मेयर सिंह घिसिङलाई भेट्न प्राधिकरण पुगेका थिए ।

वर्षायाम भए पनि पानी नपरेका कारण वीरगञ्जमा अत्यधिक गर्मी छ । गर्मीका कारण घर होस वा कार्यालयमा पंखा, एसी, कुलर चलाएर बस्नुपर्ने बाध्यता छ । तर समय समयमा विद्युत कटौती भइदिने गरेको छ । अझ रातको समयमा विद्युत काटिदिँदा नागरिक मर्कामा छन् ।

भेटका क्रममा मेयर सिंहले अनियमित विद्युत कटौतीको समस्या तत्काल समाधान गरिदिन प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई आग्रह गरे । मेयर सिंहले वीरगञ्जको सडक बत्ती व्यवस्थापनका लागि पाँचौ तार जडान गरिदिन, विद्युत तारलाई भूमिगत व्यवस्थापन गरिदिन, पानीट्याङकी क्षेत्रमा २७ घर माथिको र बाइपास ईनर्वा क्षेत्रको हाइटेन्सन लाइन स्थानान्तरण गरिदिन पनि उनले आग्रह गरेका छन् ।

वीरगञ्ज महानगर क्षेत्रमा नाङ्गो तार हटाएर केबुल वायर जडान गरिदिन पनि आग्रह गरेको मेयर सिंहका स्वकीय सचिव सत्यराज घिमिरेले जानकारी दिए । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले वीरगञ्जमा विद्यमान विद्युत समस्या समाधानका लागि प्रक्रिया थालनी गर्न वीरगञ्ज वितरण केन्द्रका प्रमुख झालाई निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?