+
+

कांग्रेस र एमालेको निर्णयले दबाबमा माओवादी, समानुपातिक सांसदबारे के गर्छ ?

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १४ गते ८:२१

१३ भदौ, काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेले आसन्न चुनावमा एक पटक समानुपातिक भएकाहरुलाई नदोहोर्‍याउने नीति लिएको छ ।

कांग्रेस उम्मेदवार सिफारिस गर्दा समानुपातिकलाई नराख्न परिपत्र गरेको छ भने एमालेले केन्द्रीय कमिटीबाट समानुपातिकमा नदोहोर्‍याउने निर्णय गरेको छ ।

कांग्रेस र एमालेको निर्णयले तेस्रो दल नेकपा माओवादी केन्द्र पनि दबावमा परेको छ ।

माओवादीले यसबारे आपैचारिक निर्णय गरेको छैन, तर, आफूहरु पनि कांग्रेस-एमालेले गरेको निर्णयतिर जाने नेताहरु बताउँछन् । उपमहासचिव हरिबोल गजुरेल भन्छन्, ‘हाम्रोमा पनि नदोर्‍याउने भन्ने सहमति छ तर निर्णय भएको छैन ।’

अर्का उपमहासचिव शक्ति बस्नेत छिट्टै पदाधिकारी वा स्थायी समिति बसेर उम्मेदवार छनोटको मापदण्ड तय गर्ने बताउँछन् । उनले अघि भने, ‘औपचारिक निर्णय भएको छैन, हाम्रो पनि त्यतैतिर जाने गरि छलफल हुन्छ होला ।’

माओवादीले २०७४ मा समानुपातिकतर्फ १७ सिट पाएको थियो । यदि उनीहरुलाई नदोहोर्‍याउने हो भने नयाँले अवसर पाउने छन् भने समानुपाकिमा रहेका केही प्रभावशाली नेता प्रत्यक्षतर्फ लड्न चाहे निर्वाचन क्षेत्रको समस्या पर्ने छन् ।

२०७४ का समानुपातिक सांसद

बोधमाया यादव, अञ्जना विशंखे, दुर्गा विक, जयपुरी घर्तीमगर, शशि श्रेष्ठ, ओनसरी घर्तीमगर, यशोदा गुरुङ सुवेदी, अमृता थापा, चुडामणि खड्का, रेखा शर्मा, पूर्णकुमारी सुवेदी, धर्मशिला चापागाईं, दिल कुमारी, रामकुमारी चौधरी, इन्दु शर्मा, सत्य पहाडी, चाँद तारा कुमारी ।

२०७० का समानुपातिक सांसद

अजयशंकर नायक, अन्जना चौधरी, अनिताकुमारी परियार, अमनलाल मोदी, आशा कोइराला, ओङ्दी शेर्पा, कर्णबहादुर बिक, कमला दोङ, केशरी घर्तीमगर, कृष्ण धिताल, गोपाल गिरी, गोमा कुवर, जानकी कुमारी साउद रावल, जेबी टुहुरे, डोरप्रसाद उपाध्याय, तुलसा राना,तेजकुमारी पौडेल, दलजित विके श्रीपाली, दिलमाया धामी, दुर्गा खुना, दुलारी हरिजन, धनमाया विश्वकर्मा, धना पहरी, धनिराम पौडेल, पुनाराम थापा, प्रतिक्षा तिवारी मुखिया, फुलझरी देवी, भक्तिप्रसाद पाण्डे, भेसकुमारी राउत, मोहन टुडु, मोहम्मद जाकिर हुसेन, योगेन्द्र तामाङ घिसिङ, रविन्द्रप्रताप साह, राधिका तामाङ, राम कार्की, रामनारायण बिडारी, रामसिंह यादव, रुपा मर्हजन, रेखा शर्मा, ललितकुमारी रेग्मी, लालबहादुर गुरुङ, लालेन्द्रकुमार मण्डल, सन्तकुमार दरै, सिर्जना तरामु खत्री, सिता नेपाली, सूर्यप्रकाश वाला राई, सुरेन्द्रप्रसाद जयसवाल, सोनिया यादव, श्रीप्रसा जवेगु, हरिलाल ज्ञवाली ।

२०६४ का समानुपातिक सांसद

अमृता थापामगर, अशोककुमार रोकाया क्षेत्री, आङदावा शेर्पा, इन्द्रजित राई, इन्द्रमती यादव, इन्द्रावती अधिकारी, इसलाममिया धोवी, ईश्वरीप्रसाद दाहाल, उमा कार्की बिष्ट, उमा गोठे, उमा भुजेल, एकराज भण्डारी, ओनसरी घर्तिमगर, कमला रोका, कल्पानादेवी सुवेदी, कुबेरबहादुर वली, केशवप्रसाद नेपाल, खिमलाल देवकोटा, खुमा सुवेदी, गमबहादुर श्रीसमगर, गीता ठगुन्ना, गोमा पाठ, चन्द देवी, चुनबहादुर थामी, छिमी लामा, ज्वालाकुमारी साह, जगतप्रसाद यादव, जुब्बा सोरेन, जोखबहादुर महरा, ताराकुमार घर्ती,तुलबहादुर माझी, दिनानाथ शर्मा, दिलिप मर्हजन, दुर्गाजयन्ती राई,दुर्गीदेवी -पासवान), धर्मराज वि.क, धिरेन्द्राकुमारी उपाध्याय, ध्रुव आङदम्बे,नन्दकुमार प्रसाईं, नारायणप्रसाद पौडेल, पट्टु थारु, पदमलाल विश्वकर्मा, परशुराम रम्तेल, पार्वती रसाइली, पुजा खनाल, पुर्णबहादुर रादा, प्रमिलादेवी यावद, फरमुद नदाफ, बाबुलाल पासवान, बिनोद पहाडी, बिमला केसी, बिमला मिजार, बिरबहादुर तामाङ, वीरेन्द्र जुहारचन, बुधनीदेवी महतो, भरतकुमारी रेग्मी शकर्मा, भरतप्रसाद साह, भीमप्रसाद गौतम,भीष्म धिमाल, महालक्ष्मी श्रेष्ठ, मातृकाप्रसाद यादव, माया चेपाङ, मायाप्रसाद शर्मा, मौन वैद्य, मोहमदसफिक मिया, मंगल वि.क, यशोदा गुरुङ सुवेदी, रामकुमार पासवान, रामकुमार यादव, रामबहादुर थापामगर, रुपा वि.क, रेणु दाहाल, रेणुका चौलागाईं,ललिताकुमारी साह, लक्ष्मी गुरुङ, लक्ष्मीकुमारी चौधरी, लिललादेवी मेहता, लोकेन्द्र बिष्टमगर, विश्वभक्त दुलाल, विष्णुकुमारी राई, शान्ता न्यौपाने, शान्तीदेवी राजवंशी, शारदा घिमिरे, शिवराम यादव, शुसिला कन्दङवा, सत्य पहाडी, सत्यलाल मुल, सन्चपाल मादेन, सन्तमाया तामाङ, सन्तोष थारु, सन्तोषी वि.क, सिद्धार्थ कुमार सोमानी, सीता पोखरेल, सुकदैया चौधरी,सुन्दरा थारु, सुनिताकुमारी महतो, सुर्यबहादुर सेन, संघप्रसाद थारु, हरिराम सिपाईली, हलिना खातुन, हिमकुमारी सुनुवार, श्रामणेर आनन्द, श्रीराम ढकाल, ज्ञानेन्द्र कुमाल ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?