+
+

प्रचण्डको क्षेत्रबाट कांग्रेसका २ केन्द्रीय सदस्यले गरे उम्मेदवार दावी  

सुवास पण्डित सुवास पण्डित
२०७९ भदौ १५ गते १४:२८

१५ भदौ, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र चितवन-३ मा नेपाली कांग्रेसबाट ५ जनाले उम्मेदवारी दिने आकांक्षा राखेका छन् ।

पार्टीको क्षेत्रीय समितिले उम्मेदवारका लागि आवेदन माग गर्दा बुधबार दिउँसो २ बजेसम्म केन्द्रीय सदस्यद्वय दिनेश कोइराला र टेकप्रसाद गुरुङ, पूर्वसांसद रामकृष्ण घिमिरे, तारा पौडेल र विजय शर्मा भूसालले निवेदन दिएका क्षेत्रीय सभापति लालबहादुर दवाडीले अनलाइनखबरलाई जानकारी दिए ।

उनका अनुसार उम्मेदवारको आकांक्षा राखेर नाम दर्ता गराउने समय साँझ ५ बजेसम्मका लागि तोकिएको छ । क्षेत्रीय सभापति दवाडीका अनुसार अहिलेसम्म समानुपातिकमा १६ जनाले नाम दर्ता गराएका छन् ।

हाल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र एउटै गठबन्धनमा छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन क्षेत्र नं. ३ बाट उठ्ने बताउँदै आएका छन् । कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइरालाले भरतपुर महानगरपालिकाको निर्वाचनमा कांग्रेसले माओवादीलाई समर्थन गरेर जिताएकोले यसपटक क्षेत्र नं. ३ मा कांग्रेसलाई छाड्नुपर्ने बताए ।

उनले सधैं माओवादीकै उम्मेदवारलाई मात्र मतदान गर्दा चितवनमा कांग्रेस कमजोर हुँदै गएकोले आफूले उम्मेदवार बन्ने आकांक्षा राखेको बताए । उनले प्रचण्ड राष्ट्रिय नेता भएकोले अन्य जिल्ला वा चितवनकै अर्को कुनै क्षेत्रबाट उठ्न सक्ने बताए ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?