+
+

चोलेन्द्र भन्छन् : रमण श्रेष्ठ ठालू, ओमप्रकाश अर्यालको चरित्र गम्भीर

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २६ गते १८:३४

२६ भदौ, काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बयानमा बिभिन्न व्यक्तिमाथि निरन्तर व्यक्तिगत लान्छना र आरोपहरु लगाइरहेका छन् ।

महाअभियोग सिफारिस समितिमा आइतबार पनि उनको यो श्रृंखला रोकिएन ।

आइतबारको बयानका क्रममा उनले सर्वोच्च अदालतमा बहस गर्ने वरिष्ठ अधिवक्ताहरुको पनि नामै किटेर टिप्पणी गरे ।

जबराले वरिष्ठ अधिवक्ता रमण श्रेष्ठलाई ठालुको संज्ञा दिएका छन् भने अधिवक्ता ओमप्रकाश अर्यालको चरित्रमाथि नै प्रश्न उठाएका छन् ।

जबराको बयान जस्ताको तस्तै :

२०७१ साल जेठबाट सर्वोच्च अदालतमा म नियुक्त भएर आएको हुँ । सर्वोच्च अदालतमा देखेको वास्तविकता भन्न चाहन्छु । सर्वोच्च अदालतमा बहस गर्ने भन्या सात आठ जना वरिष्ठ अधिवक्ता ज्यूहरुको १० वटा बेञ्च हुन्थ्यो, बेञ्चले कुरेर बस्नुप¥थ्यो तर, उहाँहरु पालो पालो आएर बहस गर्नुहुन्थ्यो । त्यसदेखि बाहेक कुनै महिला कानुन व्यावसायीले बहसमा अवसर पाएनन् उहाँहरुबाट । कुनै अरु योङ व्याइजहरु जति छ उहाँहरुले बहसमा अवसर पाएनन् । म आइसकेपछि प्रतिवद्धता गरेको– यही हो ।

यस पछाडि त्यही किसिमबाट सिर्जना भएको छ बिचौलियादेखि लिएर भ्रष्टाचारको कुरा आएको छ । यसलाई नष्ट गर्छु भने पछाडि … सर्वोच्च अदालतमा प्राङ्गणमा एउटा गोपालको रेस्टुरा छ त्यहाँ बसेर दिनभरी चिया खाएर मलाई गाली गर्नुपर्ने अवस्था सिर्जना भयो । सारा महिलाहरुले बहस गर्न अग्रसर भएर आउन पाए । सारा योङ ब्वाइहरु आए । उहाँहरु ठालु सात आठ जना मध्येमा नाम लिइदिनँ । उहाँ ठालुहरुले सर्वोच्च अदालत डोमिनेट गरेर ओगटेर बस्नुभएको थियो । त्यो मेरो कालमा नष्ट गरिदिएँ त्यो गिरोहलाई । त्यही गिरोहले मलाई अहिले (महाअभियोग) लगाउनुभयो । त्यो गिरोहको नेतृत्व एकदमै देखिएकै छ ।

अस्ति माननीयले सोध्नुभएको थियो मैले नाम लिइनँ, क्वीन्टलको कुरा गर्नुभएको थियो । मैले नाम लिइनँ, अझै नि नाम लिन मन छैन् । तर, त्यो क्वीन्टलको कुरा गर्ने वरिष्ठ जी हुनुहुन्थ्यो त्यो बारमा व्यक्त गर्नुभयो, पछि भाषणमा पनि व्यक्त गर्नुभयो, अन्तरवार्तामा पनि बोल्नुभयो त्यो हुनुहुन्थ्यो रमण श्रेष्ठ । उहाँहरु ठालु हो । एकले अर्कोलाई मुद्दा दिने राख्ने त्यसरी सर्वोच्च अदालतलाई गिरोहले ७/८ जनाले ओगटेर सबै गरिरहनुभएको थियो । त्यसलाई मैले तोडिदिएँ । तोडिदिएँ तर, अहिले पछाडि फेरि आयो ।

हिजोको काल (…) मा पनि महाअभियोगको नेतृत्व रमणजीले लिनुभएको थियो आज पनि रमणजीले लिनुभएको छ । उहाँको हरेक चीज हेर्दा हुन्छ । त्यसकारण अहिले मलाई जे आरोप लगाइएको छ यो आरोप उहाँहरुको कुण्ठाको, उहाँहरुको सर्वोच्च अदालतमा भूमिका खेल्न नपाएको, न्यायाधीश नियुक्तिमा भूमिका खेल्न नपाएको मेरो पालामा, त्यसपछाडि मुद्दामा चलखेल गर्न पाउनुभएन उहाँहरुले अनि यो आरोप आयो । उहाँहरु त एउटा ग्रुपमा बस्नुहुन्थ्यो । त्यो ग्रुपलाई मैले तोडिदिएका कारणले गर्दा यो (महाअभियोग)आयो । त्यसकारण मलाई महाअभियोग लाग्नुपर्ने कारण र आधार छैन् ।

… …

सम्पत्ति शुदीद्धकरणको (रिट) दिन सुरेन्द्र केसीजी जानुभएको थियो क्यारे । त्यसमा जानुहुने अधिवक्ता ओमप्रकाश अर्याल हुनुहुन्थ्यो । यो नोट होस्, ओम प्रकाश अर्यालको क्यारेक्टर एकदमै गम्भीर छ, नोट होस् । उहाँलाई अहिले काठमाडौं महानगरपालिकाका मेयर बालेनजीले कानुनी सल्लाहाकारमा नियुक्त गर्नुभएको छ , पत्रिकामा मैले पढेको थिएँ ।

मैले अस्ति पनि भनेँ नि बारको अध्यक्ष चण्डेश्वरजीले न्यायाधीशले दुई चोटी सिफारिस गर्नुभएको दुबै चोटी मैले इन्कार गरेको हो भनेर । पुनदेवी महर्जन जी हुनुहुन्थ्यो मैले उहाँलाई इन्कार गरेको थिएँ । पुनदेवी महर्जन जी, ओमप्रकाश अर्यालजीको अर्धाङ्गीनी हो । यति भन्दा खेरी नै पुगिहाल्छ । यसकारण उहाँले नेतृत्व गरेर सम्पत्ति शुद्धीकरणसम्म जानुभो । सम्पत्ति शुद्धीकरणले यो निर्थक हो भनेर निर्णय नै गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?