+
+

आज पनि काठमाडौं उपत्यकाको सवारी आवागमन प्रभावित

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २९ गते ९:३६

२९ भदौ, काठमाडौं । आज पनि काठमाडौं उपत्यकाका भित्री सडकहरुमा सवारी आवागमन प्रभावित हुने भएको छ ।

नेपाल भ्रमणमा रहेको चिनियाँ जनकंग्रेसका अध्क्ष ली चान्सु नेतृत्वको प्रतिनिधि मण्डल आज बिहान भक्तपुर भ्रमणमा जाने र दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास जाने कार्यक्रम भएकाले सवारी आवागमन प्रभावित हुने भएको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सूचना नै निकालेर बिहान नौ बजेदेखि काठमाडौंको कालिमाटीदेखि भक्तपुरको सल्लाघारीसम्म र दिउँसो साढे तीन बजे आसपास कालिमाटीदेखि महाराजगञ्जसम्मको सडकमा आवागमन प्रभावित हुने जनाएको छ । यी समयमा वैकल्पिक सडक प्रयोग गर्न ट्राफिक प्रहरी कार्यालयले सबैलाई अनुरोधसमेत गरेको छ ।

सूचनामा सवारी आवागमन प्रभावित हुनुको कारण भने खुलाइएको छैन । सूचनामा ‘विशेष कारणबश’ मात्र लेखिएको छ ।

ट्राफिक प्रहरी कार्यालयका अनुसार आज बिहान ९ बजेदेखि कालीमाटी, टेकु, भोटेबहाल, त्रिपुरेश्वर, थापाथली, माइतीघर, नयाँबानेश्वर, तिनकुने, जडिबुटी, कौशलटार, मध्यपुर ठिमी र सल्लाघारी क्षेत्रको सवारी साधन प्रभावित हुने छ । त्यस्तै आजै दिउँसो साढे ३ बजे आसपासमा कालिमाटी, त्रिपुरेश्वर, जमल, लाजिम्पाटदेखि महाराजगञ्जसम्मको सवारी आवागमन प्रभावित हुने सूचनामा उल्लेख छ ।

चिनियाँ प्रतिनिधिमण्डल आउ-जाउ गर्दा हिजो पनि काठमाडौं उपत्यकाको सवारी आवागमन प्रभावित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?