
३ असोज, काठमाडौं । नेपाल साफ महिला च्याम्पियनसिपको उपाधि जित्न फेरि पनि असफल भएको छ ।
दशरथ रंगशालामा भएको फाइनलमा नेपाल बंगलादेशसँग ३-१ गोलले पराजित भएपछि फेरि उपविजेता भएको छ ।
साफ महिला फुटबलमा नेपाल फाइनलमा पराजित भएको यो पाँचौ पटक हो ।
बंगलादेशले छैटाैँ संस्करणकाे साफ महिला च्याम्पियनसिपकाे उपाधि जित्दै नयाँ ईतिहास रचेकाे छ ।
दशरथ रंगशालामा साेमबार भएकाे फाईनलमा १५ हजार बढी घरेलु दर्शक अघि नेपाललाई ३-१ ले पराजित गर्दै बंगलादेशले पहिलाे पटक साफ महिला च्याम्पियनसिपकाे उपाधि जितेकाे हाे ।
पहिलो हाफमा २-० ले पछि परेको नेपालले ७० औं मिनेटमा गोल फर्काएको थियो । नेपालका लागि अनिता बस्नेतले गोल गरिन् ।
बस्नेतको गोलमा नेपाल खेलमा पर्किन खोजे पनि ७७ औं मिनेटमा बंगलादेशले अर्को गोल थपेर खेल ३-१ ले जित्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4