+
+

बारामा घिउ र बेकरी उत्पादन गर्ने उद्योगमा सिलबन्दी

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ६ गते १३:२२

६ असोज, वीरगञ्ज । बारामा घिउ र बेकरी उत्पादन गर्ने उद्योगमा सिलबन्दी गरिएको छ । फेटा गाउँपालिका–२ जगतपुर टोलमा सञ्चालित गहवामाई बेकरी सटिङ रिपिरिङ र जय माँ लक्ष्मी डेरी उद्योगमा सिलबन्दी गरिएको हो ।

अनुगमनको क्रममा दुवै उद्योगले उत्पादन गर्ने सामग्रीको गुणस्तरमा शंका लागेर सिलबन्दी गरिएको खाध प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पर्साका प्रमुख विक्की राउतले जानकारी दिए । उद्योगमा उत्पादित विभिन्न ब्राण्डका तयारी घिउ तथा कच्चा पदार्थ पनि नियन्त्रणमा लिएको उनले बताए ।

‘घरेलुबाट मात्रै इजाजत लिएको रहेछ, खाद्यको अनुमति लिएको नै छैन । प्रशोधन विधि पनि मिलेको छैन, लेबल पनि शंकास्पद छ’ राउतले भने ।

फरक फरक नाममा दर्ता भए पनि यी दुवै उद्योग एकै ठाउँमा सञ्चालन रहेको पाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । उद्योगलाई सिलबन्दी गरी थप अनुसन्धान कार्य अघि बढाइएको बारा प्रहरीले जनाएको छ। ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?