+
+

तेतरीको हत्यामा संलग्न भएको आरोपमा सौतेनी छोरा पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ९ गते १०:०२

९ असोज, वीरगञ्ज । तेतरी देवीको हत्या गरेको आरोपमा उनका सौतेनी छोरा पक्राउ परेका छन् ।

कलैया उपमहानगरपालिका- ७ रंगपुर टोल बस्ने २५ वर्षीय जय किशोर यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

जय किशोरलाई असोज ७ गते वीरगञ्ज इनर्वाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । नागरिकता बनाइदिन आग्रह गर्दै आएकी तेतरीको भदौ ३० गते साँझ हत्या भएको थियो ।

जय किशोरले सौतेनी आमा तेतरीलाई सामान्य घरायसी विवादका क्रममा घाँटीको अगाडि भागमा खुकुरी प्रहार गरेको प्रहरीको भनाइ छ । उनको घटना स्थलमै मृत्यु भएको थियो ।घटनापछि जयकिशोर फरार भएका थिए ।

तेतरीका श्रीमान् ५५ वर्षीय शिवनारायण यादवलाई भने प्रहरीले घटना भएको भोलिपल्टै पक्राउ गरेको थियो । शिवनारायणले घरायसी विवादका क्रममा छोराले घाँटी काटिदिएको बयान दिएका थिए ।

तेतरी देवीको नागरिकता नबाइदिएको विषयमा विवाद हुँदा घटना भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

‘तेतरीले श्रीमान् शिवनारायणलाई नागरिकता बनाउनको लागि पटक/पटक आग्रह गरेकी रहिछन्,’ उनले भनेऽ ‘शिव नारायणले कान्छी श्रीमती तथा छोरा जय किशोर यादवको दबाबमा नागरिकता बनाउन आलटाल गर्दै आएका रहेछन् । नागरिकता बनाएपछि तेतरीलाई अंश दिनुपर्ने बुझाई उनीहरुको रहेछ ।’

घरमा नागरिकता नबनाएको विषयमा पटक पटक विवाद हुने गरेको र झगडा हुँदा घारिलो हतियारले घाँटी काटेको अभियुक्त जय किशोरले स्वीकार गरेको प्रहरीको भनाइ छ ।

‘ तेरो छोरा छोरी छैन, घरमै बस्नु, नागरिकता किन चाहियो भनेका रहेछन् । तर तेतरीले नागरिकता चाहियो भन्दै आएकी रहिछन्,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, ‘ नागरिकता दिएपछि सम्पत्ति पनि दिनुपर्छ भनेर उनको हत्या भएको देखिन्छ ।’

तेतरीलाई यसअघि पनि पटक-पटक मानसिक र शारीरिक याताना दिने गरेको माइती पक्षको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?