+
+

एमाले अध्यक्ष ओलीले बुवा र बढीआमाको हातबाट लगाए टीका

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १९ गते १५:०५
बुवा र बढीआमाको हातबाट टीका लगाउँदै । तस्वीर : चेतन अधिकारीको फेसबुकबाट

१९ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना बुवा मोहनप्रसाद ओली र बढीआमा हरिमाया ओलीको हातबाट दशैंको टीका ग्रहण गरेका छन् ।

दशैं मनाउन धर्मपत्नी राधिका शाक्यसहित झापा पुगेका उनले दमकस्थित आफ्नै निवासमा टीका ग्रहण गरेका हुन् ।

बुवा मोहनप्रसाद र बढीआमा हरिमायाले पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीलाई साइत पारेर११:५१ बजे नै सँगै टीका लगाइदिएका हुन् ।

त्यसअघि ओलीले बालबालिकालाई टीका लगाइदिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?