रक्सीको ह्याङओभर मस्तिष्कमा दुई दिनसम्म रहन्छ : प्रा.डा. राजीव झा

रक्सीको ह्याङओभर मस्तिष्कमा दुई दिनसम्म रहन्छ : प्रा.डा. राजीव झा

रक्सी पिएपछि के हुन्छ ? भुक्तभोगीहरुसँग यसको नमिठो अनुभव हुनसक्छ । रक्सी पिउँदाको सुरुवाती क्षणहरुमा स्नायु प्रणालीमा प्रभाव पर्छ । यसले गर्दा केही आनन्द र उत्तेजना महसुष हुन्छ । तर, जब रक्सीको मात्रा बढ्दै जान्छ, यसले सम्पूर्ण शरीरलाई आफ्नो वशमा पार्छ । र, त्यो स्थिती त्यसबेलासम्म रहन्छ, जब एक रात सुतेर उठ्नुहुन्छ ।

नियन्त्रित मात्रामा रक्सी पिएर सुतेको व्यक्तिलाई भोलिपल्ट उठ्दा त्यसको खास असर नदेखिन सक्छ । तर धेरै मात्रामा रक्सी पिएका मान्छेलाई अर्को दिनसम्म त्यसले छाडेको हुँदैन । यसलाई रक्सीको धङधङ्ती वा ह्याङओभर भन्ने गरिएको छ ।

रक्सी पिउँदै जाँदा शरीरमा भएको पानीको मात्रा पनि सुक्दै जान्छ । भिटामिन, मिनरल्स, इलेक्ट्रोलाइट तत्व कमी हुँदै जान्छ । नतिजा, शरीर अस्वभाविक र अस्वस्थ महसुष हुन्छ । यसै सन्दर्भमा न्युरो सर्जन प्रा. डा. राजीव झासँग गरिएको कुराकानी ।

कति मात्रामा पिएपछि हुन्छ धङधङ्ती एवं ह्याङओभर ?

ह्याङओभर हुनका लागि यति नै मात्रा पुगेपछि भन्ने हुँदैन । मान्छे र उसको पाचन क्षमता अनुसार यो कुरा निर्धारण हुन्छ । कसैलाई एक प्याकले नै टाउको दुख्ने क्रम सुरु हुन्छ, वाकवाकी लाग्न थाल्छ । कतिलाई अलि बढी पिएपछि ह्याङओभर हुन्छ ।

यद्यपि कम मात्रामा पिउनेलाई भन्दा बढी मात्रामा पिउनेलाई रक्सीको असर बढी हुन्छ । जसले गर्दा ह्याङओभर पनि उनलाई नै हुने भयो । खासगरी खाली पेटमा रक्सी पिउनेलाई ह्याङओभर हुनसक्छ ।

कस्ता व्यक्तिलाई बढी ह्याङओभर हुनसक्छ ?

स्वभाविक हो, कमजोर व्यक्तिलाई रक्सीको असर चाडै र धेरै देखिन्छ । रोगी, बुढापाका, शारीरिक रुपमा कमजोर व्यक्तिलाई रक्सीको ह्याङओभर बढी हुन्छ । यसैगरी खानपान, जीवनशैलीमा खासै ध्यान नदिने मान्छेलाई पनि यस्तो समस्या हुन्छ ।

कतिपय मान्छे रक्सी पिएपनि त्यसको मात्रा निर्धारण गरेर पिउँछन् । स्वस्थ्यकर ढंगले पिउँछन् । रक्सी कति पिउने, कसरी पिउने ? भन्ने कुरामा सचेत रहन्छन् । सोशल ड्रिंकको रुपमा मात्र रक्सी पिउनेलाई यसको ह्याङओभर रहने संभावना कम हुन्छ । तर मात्नकै लागि भेटेजति पिउने वा मुख बार्न नसक्नेलाई रक्सीको ह्याङओभर बढी हुन्छ ।

न्युरो सर्जन प्रा. डा. राजीव झा

रक्सी पिएपछि त्यसको असर स्नायु प्रणाली वा शरीरको तन्तुहरुमा कति समयसम्म रहन्छ ?

रक्सी आफैमा खराब पेय हो, जसले शरीरलाई लामो समयसम्म आफ्नो काबुमा राख्छ । रक्सी पिएको व्यक्तिमा त्यसको ह्याङओभर दुई दिनसम्म रहन सक्छ । त्यसैले त रक्सी पिउनेहरुलाई शरीर भद्दा भएको, अल्छी लागेको, कमजोर भएको अनुभव हुन्छ । टाउको दुख्ने समस्या त आम भइहाल्यो ।

रक्सी अत्याधिक भएपछि मस्तिष्कले कुनै प्रतिक्रिया जनाउँछ ?

रक्सी पिएपछि त्यसको असर थाहा पाउने भनेकै मस्तिष्कले हो । शरीरमा भएको हरेक गतिविधिको नियन्त्रण मस्तिष्कले नै गरिरहेको हुन्छ । शरीरमा कुनै उथलपुथल हुनसाथ, घाउचोट लाग्नसाथ त्यसको सन्देश मस्तिष्कमा पुगेपछि मात्रै थाहा हुन्छ । रक्सी पिएपछि ह्याङओभर हुनु भनेको पनि मस्तिष्कले त्यसमा प्रतिक्रिया जनाउनु हो ।

कस्तो रक्सी वा कति मात्रामा पिएपछि ह्याङओभरको समस्या हुँदैन ?

यसको कुनै ठ्याक्कै जवाफ छैन । किनभने रक्सीको ब्रान्ड, कम्पनी, मात्रा आदिले मात्र ह्याङओभरमा प्रभाव देखिने भन्ने होइन । मान्छेको अवस्था, उसको पिउने तरिका आदिमा यो कुरा निर्भर गर्छ । कुनै मान्छे विस्तारै लामो समय पिउँछ भने उनीहरुमा यसको प्रभाव कम हुनसक्छ । कतिले एकै पटकमा धेरै रक्सी पिउँछ भने उसलाई त्यसको असर बढी देखिन सक्छ ।

रक्सी यति उति, यस्तो उस्तो भन्ने भन्दा पनि त्यो पेय शरीर मैत्री छैन । चाहे थोरै होस् वा धेरै, यसको असर हुन्छ नै । नियन्त्रित ढंगले पिउनेको तुलनामा जथाभावी पिउनेहरुलाई रक्सीले पनि खान थाल्छ । ह्याङओभर हुनु भनेको तिम्रो शरीर रक्सीको लागि होइन भन्ने सन्देश पनि हो ।

प्रा.डा. राजीव झा ह्याङओभर
प्रा. डा. राजीव झा
लेखक
प्रा. डा. राजीव झा
स्नायु, नसा तथा मेरुदण्डरोग विशेषज्ञ

मेडिकल काउन्सिल दर्ता नम्बर : ३१७७ बेलायतबाट एमडी, एमएस, एमसीएच र एफआरसीएस वीर अस्पतालको स्नायुरोग विभाग प्रमुख, नर्भिक इन्टरनेसनल अस्पतालको न्युरोसर्जरी विभाग प्रमुख युरोपियन एसोसिएसन अफ न्युरोसर्जिकल सोसाइटीका सदस्य

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

प्यान्क्रियाजको क्यान्सरका कारण र उपचार

प्यान्क्रियाजको क्यान्सरका कारण र उपचार

कुनै डरलाग्दो घटनाले पार्ने मानसिक आघातको के छ उपचार ?

कुनै डरलाग्दो घटनाले पार्ने मानसिक आघातको के छ उपचार ?

कलेजो प्रत्यारोपणपछि ध्यान दिनुपर्ने कुरा

कलेजो प्रत्यारोपणपछि ध्यान दिनुपर्ने कुरा

यस्ता हुन्छन् यौन प्रतिक्रियाका चार चक्र

यस्ता हुन्छन् यौन प्रतिक्रियाका चार चक्र

जाडोयाममा हाइपोथर्मियाको जोखिम

जाडोयाममा हाइपोथर्मियाको जोखिम

इच्छाशक्ति कसरी बढाउने ?

इच्छाशक्ति कसरी बढाउने ?